Tuesday, 12 August 2014
मलेशियामा सडक दुर्घटनामा परी दुई नेपालीको मृत्यु..
२६ साउन, क्वालालम्पुर । मलेशियामा भएको सडक दुर्घनामा दुई नेपालीको मृत्यु भएको छ । मृतक दुबै एकै कम्पनीमा कार्यरत थिए ।
पेनाङमा भएको सडक दुर्घटनामा परी पाँचथरको नामिडाँडा-७ भोगटेनी घर भएका अन्दाजी ४२ वर्षका रामकुमार तामाङ र सप्तरी प्रासवानी ३ घर भएका अन्दाजी ३५ वर्षका
शिवकुमार सरदारको घटनास्थलमै ज्यान गएको हो ।दुवै जना पेनाङको सिम्पाङ अम्पात वुकित तामुनमा रहेको रिनाईसेन्स प्लाटर वोर्ड कम्पनीमा कार्यरत थिए ।
आइतवार विदाको दिनमा पेनाङको काछावारीमा रहेका साथीहरुलाई भेटेर राति करीव ९ वजे तिर दुवै जना एउटै साइकलमा होस्टल फर्किएका थिए ।
ताम्वुन भन्ने स्थानमा आईपुग्दा तिव्र गतिमा आएको कारले ठक्कर दिँदा दुवैजनाको घटनास्थलमै ज्यान गएको हो ।
दुवैको शव पोसमार्टमको लागि स्थानीय सुङवाई वकाप अस्पतालमा राखिएको छ । तामाङ छ वर्ष र सरदार ९ महिना अघि रोजगारीको सिलसिलामा मलेशियामा आएका सोहि कम्पनीमा कार्यरत सिताराम भटटराईले बताए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment