अनवरत यात्रा जीवनका रूकेको छ।
हिमालका झै शिर अनयासै झुकेको छ!
बनावटी यो हाँसो ओठभरी कतिन्जेली,
मनमुटुमा बिझ्ने चोटहरू लुकेको छ!
रोदनहरू छैन नयनमा रोइ रहेछ ,
मुल आँशुको खहरे सरी सुकेको छ!
मानवचोला हाम्रो संघर्षमा डुबुल्किन्छ,
म हारीसकेँ आज यसैसंग चुकेको छ!
चन्द्री मोक्तान (खुशी)
सिन्धुपाल्चोक
No comments:
Post a Comment