बेच्छ्याै भने त्याे शहरमा मुटु झिकी पठाईदिन्छु|
एक्लै ले नसक्ने भा अरु मान्छे खटाईदिन्छु||
कम कहिल्यै हुने छैन दम रहुन्जेल सम्म|
तिमले कम्मर भाँच्याै भने मैले ताली बजाईदिन्छु||
उमेर बुढाे भए पनि मन बुढाे भाकाे छैन|
नपत्याए यता सर शिरमा सिन्दुर लगाईदिन्छु||
नजिक नभई टाढा-टाढा जान्छ्याै भने जाऊ|
जति पिडा दिएपनि त्यही पिडामै रमाईदिन्छु||
मुटुभन्दा,महा प्यारी पराई घरमा गयाै भने|
जलाउदिन तिम्राे तस्विर खाेलितीर बगाईदिन्छु||
~ रतनराज पुन मगर "गरीबी टुहुराे"
झाप्रा ५, जाजरकाे
No comments:
Post a Comment