Monday, 1 September 2014

अँधेरीमा उदाउने जून भएछु म! जीबनकै बेकामको खून भएछु म

अँधेरीमा उदाउने जून भएछु म!
जीबनकै बेकामको खून भएछु म

अविस्मरणीय देन बन्छु सोच्ने गर्थे,
तर आज क्षणिकको गुण भएछु म!

सबको प्यारो आँखाको नानी बन्नु थियो,
भित्रभित्रै भष्म पार्ने घुन भएछु म!

सुर अनि ताल बनि नचाउनु खोज्दा,
रूवाउने बिराहको धुन भएछु म!

कठोर मन बनाइ चट्टान हुनु थ्यो,
अनयासै बिलेर जाने नुन भएछु म!

चन्द्री मोक्तान (खुशी)
सिन्धुपाल्चोक!

No comments:

Post a Comment