Wednesday, 3 September 2014

अर्को धुर्वको सपना .... मेरा सपनाहरु राता, पहेंला र गुलाफी रंगका,


अर्को धुर्वको सपना
--------------------

~~~ लोचन ज्योती चाम्लिङ्
मेरा सपनाहरु
राता, पहेंला र गुलाफी रंगका
तिमीले भिरेको धमिलो चस्मा सरह छन् !

निदमा सिउरेको सपना
मिर्मिरेको जन्म संगै
अन्त्य हुन्छ
तर
मार्करले लेखेको मोटा चार्ट पेपर जस्तै
मानस पटलमा छरपस्ट हुन्छ
रातले दिन ननिल्दा सम्म !!

दिन संगै म ढल्छु
अर्को सपनाको जन्म लिदै
पुन तिमि उदाउछोउ
इन्द्र कमल बोकेर
लाग्छ बेकार इन्द्रकमल
बरु धमिलो चस्मा नै गतिलो !!!

फूलका सपना जुनका सपना
बगाउदै बगाउदै समुन्द्र देखि
अर्को धुर्व तिर
तिमी बिनाको कथामा
नायक बनाउन मन लाग्छ
फेरी सपनाको पुल जोड्न !!!!
 

लोचन ज्योती चाम्लिङ्
चिप्रिङ्–८ खोटाङ्

No comments:

Post a Comment