Wednesday, 7 December 2016

गजल


म निस्की सकेको मान्छे हुँ यस्ता ख्याल बाट
कि संसार कस्तो देखिन्छ सियाको प्वाल बाट!!

अचेल उल्टो हिडे जस्तो लाग्छ समय अक्सर
केही छुटे झैँ लाग्छ यी महिना साल बाट!!

आमा भुइँ कहिले आकाश देखाउँछिन् सोध्दा
कस्तो देखिन्छ भत्किएको घर तृपाल बाट!!

झ्याल फलामको र भित्ता सिसाको के बनाएँ
अनुहार हाम फाल्न थालेका छन् पर्खाल बाट!!

म नाथे के जवाफ दिन सक्थे स्वयम् जवाफ
जब सवाल भएका छन् तिम्रा सवाल बाट!!
सुरेश प्रसाद 'अर्याल कान्छो'

No comments:

Post a Comment