Wednesday, 28 December 2016

गजल

बर मात्रछ गाउँमा अचेल पिपल छैन काका ।
पै'ला जस्तो चौतारीमा शितल छैन काका ।

राम्रै लाउनु मिठै खानु काम नगर्नु भन्छन्
गाउँले जीवन पनि अचेल सरल छैन काका ।

मदिराको चुस्की संगै शिखर खोज्छन् सवै
द्यौरालीमा चिया, बिँडी पसल छैन काका ।

फाँडी सबै रुख बिरुवा बिनाश गरि दिए
उ बेला झैँ बस्तु चर्ने जङ्गल छैन काका ।

कृषिप्रधान देशमा अन्न बिदेश बाट आउँछ
गैरीखेत छ बाँझै घरमा चामल छैन काका ।
© लेख कार्की
२०७३/०९/०१
लेख कार्की

No comments:

Post a Comment