गजल
- प्रदिप राई "अभी"अन्यासै धेरै पछी एउटा सानो काम पाएँ।
झस्कन्दै पत्र लेखे उही पुरानो नाम पाएँ।।
झुकिन्छ मुटु सँधै न जल्छ खरानी भई।
म एउटा बँगर हूँ शितल खोज्दा घाम पाएँ।।
भेटिन्छ मान्छे कती अवलाको खुशी लुट्ने।
साथ दिन्छु भन्दै गला रेट्नेहरुको लाम पाएँ।।
मेरो प्रितले सिन्चिएको नगर जलेको छ।
निष्ठूरीलाई सम्झिएर आँशुको मूल्य दाम पाएँ।।
खोटाङ, बतासे - १ दिनुवा
No comments:
Post a Comment