बगाइ जगत छेकेको सुन्कोसी ताल हुँदैछ!
सारा यो जीवन अँध्यारो,बेहोसी हाल हुँदैछ!
मारेर सहारा बाँचयौ ए दैब किन मलाई!
संसार रूवाई आँशुको सुन्कोसी छाल हुँदैछ!
एउटै चिहान बनाई डुबायो सब कोसिमा,
छेकेर सुन्कोसी कहिले क-कस्को काल हुँदैछ!
सुन न गाऊँबस्ती उठाइ तिमिलाई पुगेन रे,
जिबित बस्ति त्यो कृतिम तालको जाल हुँदैछ!
चन्द्री खुशी
सिन्धुपाल्चोक
No comments:
Post a Comment