मलेसियामा किरात पुमा राई तुप्खाबाङ्खालाको गठन
प्रकाश ‘पुष्पक’ राई
क्वालालम्पूर मलेसिया/ नेपालबाट रोजगार तथा बिभिन्न पेशाको शिलसिलामा आएका लगभग ५ लाख नेपालीहरु मध्य किरात पुमा राईहरुको ऐतिहासिक कथा सङ्गै जोडिएको यो मलेसियामा किरात पुमा राई तुप्खावाङ्खाको गठन गरिएको छ ।
सुमन पुमा राईको अध्यक्षतामा मलेसियको राजधानी क्वालालम्पूर नजिकै रहेको नेगरी सेम्बीलान सेरेम्वानमा किरात पुमा राई तुप्खावाङ्खाला मलेसियको २९ तारिक जुलाई २०१४ मा गठन गरिएको छ ।
उपाध्यक्षमा अम्वरबहादुर पुमा राई, कोषाध्यक्ष लता पुमा राई, महा सचिव प्रकाश ‘पुष्पक’ पुमा राई, सचिवमा लोकेन पुमा राई सदस्यमहरुमा क्रमश कैलाश पुमा राई, कैलाश खम्बू पुमा राई, कविन पुमा राई शुक्र पुमा राई, शक्ति पुमा राई, खसम पुमा राई, काजी पुमा राई र शुसन पुमा राई रहेका छन् । नेपालबाट बिदेश जानेहरुको सङ्ख्या दिन दिनै बढ्दै गईरहेको अवस्थामा मलेसिया आउनेहरुको पनि उतिकै भिड देखिन्छ ।
अग्रेजको शासनकालमा मलायु लाहुरेको रुपमा यो देशमा नोकरी गरेर बहादुर कमाएका हाम्रा पुर्खाहरुको कर्मथलोमा आएर हामी पनि आफ्नै भाष सङ्गै मितेरी गास्ने अवसर पाएको र आफ्नै पुमा राई भाषमा तुप्खाबाङ्ला गर्न पाउँदा ज्यादै खुशी भएको उपाध्यक्ष अम्वरबहादुर पुमा वताउछन् ।
मलेसिया भौगोलिक रुपले धेरै ठूलो भएकोले समपूर्ण पुमा राईहरु दुरिले गर्दा उपस्थित हुन नसकेको अध्यक्ष सुमन पुमाले बताउनु भयो । अव को भेटघाट (तुप्खाबाङ्खाला) कार्यक्रममा पुर्ण रुपले अझ शसक्त भएर एकजुट भई समपूर्ण मलेसियाका प्रमुख राज्यहरु क्वालालम्पूर, पेनाङ्, जोहोरबारु, सेलेङ्गोर, ईपो, मलका लगायत अन्य राज्यका पुमा राई एक भएर अगाडी बढ्नुपर्ने सचिव लोकेन पुमाले बताउनु भयो ।
No comments:
Post a Comment