गजल
संसारमा अजम्बरी नाताहरू जुट्दो रै'छ ।
अन्जानमा अनायसै साथहरू टुट्दो रै'छ ।।
आमालाई सम्झन्छु दुःखपर्दा प्रदेशमा ।
भक्कानिन्छ बचनैले मनहरू कुड्दो रै'छ ।।
अर्कै को दवाव मा दाष भएर बाँच्नु पर्दा ।
भक्कानिदा नजिकैको मुटुपनि फुट्दो रै'छ ।।
यस्तै रहेछ समय अनि नियतिको खेलपनि ।
हँसाएर दुनियाँलाई आफ्नै खुशि लुट्दो रै'छ ।
एकै गाँस आधा गरी बाँधी चुँडी खाईन्थ्यो ।
प्रदेशमा त्यो खुशीको पल पनि छुट्दो रै'छ ।।
-चन्द्री मोक्तान "खुशी"
No comments:
Post a Comment