Sunday, 24 August 2014

गजल -चन्द्री मोक्तान (खुशी) स्वार्थी दुनियाँमा माया दाँज्ने सुनचाँदी हुन्छ यहाँ!

----- गजल ----

-चन्द्री मोक्तान (खुशी) 
स्वार्थी दुनियाँमा माया दाँज्ने सुनचाँदी हुन्छ यहाँ!
नीति नियम नहुँदा पक्कै जथभाबी हुन्छ यहाँ!

गाउँ समाज परिवर्तन सहँदैन सामान्तीले,
अन्त्य निरंकुश हुनुपर्छ भन्नु कहानी हुन्छ यहाँ!

श्रमिकके श्रम शोषण मजदूरी लुटिदिन्छ,
दुःखको पसीना पनि उसकै लागि हुन्छ यहाँ!

भ्रष्टाचारी, बलात्कारी,लुटेराको सम्मान हुँदा,
जनहितका निम्ति बोल्ने बदनामी हुन्छ यहाँ!

दीन दुखीको आश्रयमा संकटहरूले बेरिँदा,
धनग्यको अर्कोतिर कानेखुशी हुन्छ यहाँ!

के छ प्रमाण डाक्टर मात्र बिरामिको उपचार,
सत्य यूग झुटो छैन धामी झाँक्री हुन्छ यहाँ!


चन्द्री मोक्तान (खुशी)

No comments:

Post a Comment