~ रतनराज पुन मगर 'गरीबी टुहुराे'
गगन कसरी चम्किन्छ,थाहै हाेला|
जगत कसरी भत्किन्छ,थाहै हाेला||
अरु के कुरा सिकाऊँ र मैले भनन|
मादल कसरी घन्किन्छ,थाहै हाेला||
अझै अरु विस्तारै बुझ्नेछाै आफैले|
धड्कण कसरी धड्किन्छ,थाहै हाेला||
चाेट,पटकहरुकाे भन्दा माया,प्रेमकाे|
घाऊ कसरी चर्किन्छ, थाहै हाेला ||
बादविवादमा परेपछि बुवा,आमासँगै|
भाई कसरी फट्किन्छ, थाहै हाेला||
~ रतनराज पुन मगर 'गरीबी टुहुराे'
झाप्रा ५, जाजरकाेट
No comments:
Post a Comment