Saturday, 30 August 2014

कानुन बोल्ने वकालत वकिल सबै ज्यानमाराको ।

--शिव सुबेदी
कानुन बोल्ने वकालत वकिल सबै ज्यानमाराको ।
निर्धो पस्छ खोरभित्र सफाइ हुन्छ हतियाराको ।।

औसीको रातमा चम्किरहन्छ त्यही जुनकीरी ।
बारम्बार चर्चा किन अनन्त कै जुन ताराको ।।

पानी छैन बत्ती छैन जनता आकुलव्याकुल ।
मेरो देशमा सरकार चल्छ छिमेकीकै ईशाराको ।।

हिजो अस्ति गाँउ पसि आस्वासन दिएका थियौ ।
खै के सुनेउ आज सम्म निमुखा ति सर्बहाराको ।।

शान्तिनगर एक
जुनेली बस्ती
झापा ।

No comments:

Post a Comment