Saturday, 30 August 2014

आमा तिमिलाई गुहार्दै मर्छु होला अब!


~~ चन्द्री मोक्तान (खुशी) 
आमा तिमिलाई गुहार्दै मर्छु होला अब!
सपनीमा बोलाउँदै अन्तै सर्छु होला अब!

रातमा निद छैन आमा सताउँछ पलपलमा,
अठ्याउँछ मार्ने अरे म के गर्छु होला अब!

छट्पटीन्छु निन्द्रा लाग्दा,लत्याउँछ घरीघरी,
बाजी मैले हरेछु भने जंघार तर्छु होला अब!

ब्यथा उही नै हो तर्साउँछ,बर्बरिन्छु बिम्झिन्छु,
बोली हराउँछ सकिन्न चल्नु झर्छु होला अब!
 

चन्द्री मोक्तान (खुशी)
सिन्धुपाल्चोक!

1 comment:

  1. निकै मिठो मार्मिक गजल

    ReplyDelete