Saturday, 30 August 2014

कतिपय मान्छे हरू चोखो मायॉ गर्दा रैछन।

गजल
- गणेश पौडेल
कतिपय मान्छे हरू चोखो मायॉ गर्दा रैछन।
अनी कोही पिरतीमा ज्यानै फाली मर्दा रैछन।।

अनौठो छ संसार यो एक रून्छ कयौ हॉस्छन्।
कोही प्रेममा धोका पाई बसाई पनी सर्दा रैछन।।

बुझ्दा पनी दिक्दार हुने मायॉ प्रेमको परीभाषा।
कोही कोही प्रितको बिउ जता ततै छर्दा रैछन।।


फुल संग दॉज्छन मायॉ अनी दॉज्छन् जुन संग।
तर प्रेम फुल्नै नपाई कोपिला-मै झर्दा रैछन।।

गणेश पौडेल ओखलढुंगा कुन्तादेबि ९ साहिटार

No comments:

Post a Comment