गजल
१४ अक्षरमा...
छल्किएर तालमा पानी तलपल भको बेला !!
छुट्टै आभाष मनमा कतै चञ्चल भको बेला!!
त्यो पल आनन्दको अनुभुती बेग्लै हुने!!
पहाड मा हुस्सु अनि बादल भको बेला!!
शहर भन्दा गाँउ साँच्चै कति प्यारो लाग्छ!!
बनै भरि गुँरास अनि काफल भको बेला!!
स्वर्गमा नै बसे जस्तो लाग्छ त्यति खेर!!
कल्पनामा ठुला ठुला महल भको बेला!!
जिन्दगी जिउनुको क्या छुट्टै आनन्द छ!!
आफैलाई नै भुलेर पागल भको बेला!!
रुद्र बिवश
No comments:
Post a Comment