Tuesday, 2 September 2014

यो मनको घाऊ उतार्छु पन्नामा! जीवन जलाऊ उतार्छु पन्नामा!


यो मनको घाऊ उतार्छु पन्नामा!
जीवन जलाऊ उतार्छु पन्नामा!

गुण लाएँ बैगुनी रहेछ तिमि,
दुनिया हाँसाऊ उतार्छु पन्नामा!

गरेको बाचा कसमहरू भुलेर,
जान्छौ भने जाऊ उतार्छु पन्नामा!

भ्रूणमै मारि दियो बिष छरेर,
हत्याराको नाऊ उतार्छु पन्नामा!

दुष्टले ध्वस्त पार्दैछ इतिहास,
कोही त बचाऊ उतार्छु पन्नामा!

चन्द्री मोक्तान (खुशी)
सिन्धुपाल्चोक

No comments:

Post a Comment