Tuesday, 2 September 2014

नेपाल मुक्तक प्रतिष्ठान साखा मलेसियाको साधारण सभा सम्पन

नेपाल मुक्तक प्रतिष्ठान साखा मलेसियाको साधारण सभा सम्पन

प्रदिप राई, प्रकाश ‘पुष्पक’राई
 सेक्टेम्बर १ तारिक, क्वालालम्पूर मलेसिया । नेपाल मुक्तक प्रतिष्ठान मलेसिया साखाको साधारण सभा मलेसियाको राजधानी क्वालालम्पू स्थित श्रम साप्ताहिकको कार्यालयमा यही सेक्टेम्बर १ तारिक सोमबार सम्पन्न भएको छ ।

साधारण सभाको कार्यक्रममा मुक्तक प्रतिष्ठानका सम्पूर्ण पदाधिकारीहरुलाई प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठान केन्द्रिय अध्यक्ष रामकाजी koney ले खादा ओढाई सम्मान गर्नु भएको थियो । सभापतिमा नेपाल मुक्तक प्रतिष्ठान मलेसिया साखाका अध्यक्ष युवराज बस्नेत "बन्दी" हुनु हुन्थ्यो । 

कर्यक्रममा संस्थाका उपाध्यक्ष दान राई “झरी“ले स्वागत मन्त्व्य दिनुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष रामकाजी koney ले मुक्तकको पुरा परिचय दिनु हुँदै चोटिला र बान्कीला मुक्तक समेत बाचन गर्नुभएको थियो ।

 नेपाल मुक्तक प्रतिष्ठान मलेसिया साखाले भर्खरै मात्र नेपालको सिंधुपल्चोकमा भएको बाढी पिडीत परिवारहरुलाई दुखद अवस्थामा आपत परेको बेला सहयोग रकम राहत उपलब्ध गराउँन एकजुट भई हातेमालो गर्दै हात फैलाउन सवैमा आग्रह र सहयोग गराएकोमा सबैलाई बधाई र धन्यवाद दिदै सो रकम बाढी पीडित सम्म पुर्याउने प्रतिबद्धता समेत अध्यक्ष रामकाजी koney ले जनाउनु भएकोछ । भेलामा उपस्थित मुक्तक कलामनहरुले आ आफ्ना मुक्तक समेत वाचन गरेका थिए ।

No comments:

Post a Comment