क्वालालम्पूर मलेसिया । देश र विदेशबाट एकैचोटी प्रकाशित मञ्जरी प्रकाशन नेपालद्धारा प्रकाशित नयन मञ्जरी नेपाली पत्रिकाका सह–सम्पादक गणेश पौडेललाई एक कार्यक्रमका साथ आज विदाई गरिएको छ ।
मलेसियाको राजधानी क्वालालम्पूर स्थित कोतरायको नवज्योती रेष्टुरेन्टको सभाहलमा भएको कार्यक्रममा साहित्यकार तथा पत्रकार मञ्जरी प्रकाशन नेपालका अध्यक्ष अथवा नयन मञ्जरी नेपाली पत्रिकाका प्रधान सम्पादक प्रकाश ‘पुष्पक’ राई लगायत पत्रिका परिवार मलेसियाले खादा ओढाई सम्मानका साथ बिदाई गरेका थिए ।
कार्यक्रममा उपस्थित साहित्य फाटका आदरणिय गजलकार कृष्णप्रसाद भट्टराई (केपी जानु) ले चाहेर के गर्नु प्रवाशको जीवन एक दिन आफ्नो देश नेपाल जानुनै पर्ने भएकोले सफल यात्राको कामना गर्नुभएको थियो । नयन मञ्जरी नेपाली पत्रिकका सहयोगी तथा प्रवाशीकलम मलेसियाका कार्यसमितका मनिस गाउँले र सरोज बस्नेतको समेत बिदाई कार्यक्रममा सहभागीता रहेको थियो ।
कार्यक्रममा पत्रकार तथा गजलकार नयन मञ्जरी नेपाली पत्रिकका सम्पादक प्रदिप राई ‘अभी’ले अव आफ्नो कार्यकाल पुरा प्रवाश मलेसियाबाट आफ्नो जन्मभूमी नेपाल फर्किरहेको र आगामी दिनहरु सफलाको कामना सहित बिदाइको मन्तव्य ब्याक्त गर्नुभएको थियो । जहा जुनै तह र तप्काबाट भएपनि विगत १२ वर्षबाट प्रकाशनमा आइरहेको देश र विदेशबाट एकैचोटी प्रकाशित नयन मञ्जरी नेपाली पत्रिका वेबसाइड, ब्लोगसाइड, फेसबुक लाइकपेज, टयूटर, फेसबुक तथा
छापामाध्यमबाट साहित्यिक लेख रचना, मनोरञ्जन, तथा बिविध समाचारका साथ निरन्तर सँचालन भइरहेको छ ।
No comments:
Post a Comment