Sunday, 14 September 2014

गजल भुल्नु पर्छ तिम्ले मलाई अरु घरमा सरेपछी॥ मैले भर्ने खाली सिउदो पराई आई भरेपछी॥


गजल
~~ मनिस गाँउले
भुल्नु पर्छ तिम्ले मलाई अरु घरमा सरेपछी॥
मैले भर्ने खाली सिउदो पराई आई भरेपछी॥

नछुट्ने कसम खानु अग्नि लाई साक्षि राखी
उसै संग बाच्नु तिमी सिन्दुर शिरमा परेपछि॥

झुटा भए देउरालीमा चढाएका बाचा कसम
भुल्नु पर्छ तिम्ले मलाई अन्तै बिबाह गरेपछी॥

यो अभागी भाग्य भित्र सजाई राख्न सकिनछु
भुल्ने कोसिस् गरौला म तिम्लाई उल्ले हरेपछी॥

बिग्रीएला तिम्रो संसार कतै मलाई संम्झिएर
भुल्नु पर्छ गाँउले लाई भञ्ज्याङ पारी तरेपछी॥

यो जन्ममा यस्तै रैछ तिम्रो मेरो मिलन हुन
अर्को जन्म संगै काटुम यो जिन्दगी मरेपछी॥

मैलेहार मानी संके फुल संम्झी मायाँ लाउँदा
बल्ल मायाँ थाहा पाए फुल्नै नपाई झरेपछी॥
चुला चुली 5, ईलाम
हाल:-मलेसिया

No comments:

Post a Comment