ढकाल प्रहरी नियन्त्रणमा
देबराज राई
उदयपुर \ उदयपुरको त्रियुगा नगरपालिका गाईघाटका कर्मचारी गुरुप्रसाद ढकाललाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लास्थित महिला मानवअधिकारको क्षेत्रमा कार्यरत संजाल तथा कानुन व्यवसायीहरुको सहयोगमा बहुविवाहको जाहेरी शुक्रबार जिप्रका उदयपुरका अनुसार पक्राउ परेका ढकालले जेठी श्रीमती हँुदा हँुदै कान्छि भित्र्याएको आरोप लगाइएको छ । त्यस्तै उजुरी दाखिल्ला गर्ने सो समुहले छ महिना अघिदेखि ढकाललाई कार्यालय कामकाजबाट बर्खास्त गर्न माग गर्दै आएको थियो । गएको छ महिनायता ढकाललाई कारवाहीका लागि प्रहरीसमक्ष पटक पटक जाहेरी दिदा पनि जाहेरी लिन नमानेपछि महिलाहरुले पुरावेदन अदालतमा मुद्वा दर्ता गराएका थिए । पुनराबेदनमा मुद्वा सफल दर्ता भएपछि शुक्रबार जिल्ला प्रहरी कार्यालय उदयपुरलाई पुरावेदन अदालतले परमादेश जारी गरेसँगै ढकाललाई नियन्त्रणमा लिइएको हो । निवासबाटै शुक्रबार पक्राउ परेका ढकाललाई आवश्यक कारवाही प्रक्रिया सुरु भएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक टेकबहादुर गुरुबले जानकारी दिए । यता ढकाल परिवारले भने उनले कान्छी श्रीमती नभित्राएको दाबी गर्दै आएको छ । उनी झन्डै डेढदशक अघिदेखि त्रिनपा कार्यालयको सामाजिक शाखा प्रमुखको रुपमा पदमा कार्यरत छन् ।
No comments:
Post a Comment