Saturday, 27 September 2014

नारदमुनी गोल्डकपमा डिटिसी बिजयी

नारदमुनी गोल्डकपमा डिटिसी बिजयी

देबराज राई

उदयपुर, बिहीबारदेखि यहाँ सुरु तेस्रो नारदमुनी स्मृति गोल्डकप– २०७१ को शुक्रबार सम्पन्न खेलमा डिटिसी क्लब सुनसरी बिजयी भएको छ ।

डिटिसीले प्रतिद्वन्द्वी साइनो क्लबलाई दुई एक गोल अन्तरले पराजित गर्दै बिजयी भएको हो डिटिसी सुनसरीका लागि खेलको ४९ औ मिनेटमा जर्सी नम्बर १४ का कब्बु राईले गोल गर्दै अग्रता लिएका थिए । यता खेलको ६४ औ मिनेटमा पुन डिटिसीका लागि युगल किसोर राईले दोस्रो गोल गर्दै दुई सुन्यले अग्रता लिएको थियो ।

निक्कै प्रतिस्पर्धात्मक खेलमा साईनो क्लबका लागि खेलको ८० औ मिनेटमा दिनेस राजवंशीले सानत्वना गोल गरेका थिए । जितसँगै डिटिसी सुनसरी खेलको सेमिफाईनलमा प्रवेश गरेको छ । डिटिसीले दोस्रो खेलका लागि आगामी आईतबार हुँने न्यू त्रियुगा स्पोर्ट क्लब सप्तरी र राष्ट्रिय जागृती क्लब सुनसरीबीचको खेललाई कुर्नु पर्ने छ ।

उद्घाटन खेल जितेको आयोजक बसाह क्लबले शनिवार हुँने नाइन्ट चेस क्लब झापा र एपिएफ झापावीचको बिजयीको सामना गर्ने छ । शुक्रबार खेलको म्यान अफ दि म्याच डिटिसी सुनसरीका युगलकिसोर राई घोषित भए । राईलाई पुमा आवसीय उमाविका प्रिन्सीपल किसोर ताम्राकारले नगद पुरस्कार सहित पुरस्कृत गरेको बसाह क्लबका अध्यक्ष सेखर राईले जानकारी दिए ।

No comments:

Post a Comment