Saturday, 6 September 2014

मजदुर सँचय कोष समितिको बिदाइ कार्यक्रम समपन्न

मजदुर सँचय कोष समितिको बिदाइ कार्यक्रम समपन्न
  क्वालालम्पूर मलेसिया । गत वर्षबाट सँचालनमा आएको नेपाली मजदुर सँचयकोष समिति क्वालालम्पूरमा सक्रिय सात सदस्यहरुलाई बिदाई कार्यक्रम गरिएको छ ।
    मलेसियाको राजधानी नजीकै नेगरी सेम्विलान लेजेन्डा कलेजमा रहेको कार्यलयमा सेप्टेम्बर ०५ तारिकका दिन बृहत एक कार्यक्रमका साथ बिदाइ कार्यक्रम गरिएको छ । प्रवाशी जीवनमा केही समस्या र अपठ्यारो आइपर्ने अवस्थाकोलागी यस कोष समिति सँचालन आइरहेको र प्रवाशको बसाई पुरा भई आफ्नो देश नेपाल गइरहनु भएका सात सदस्यहरुलाई कार्यक्रमका सभापती तपेन्द्र स्वरले समितिको मायाको चिनो उपहार प्रदान गरेर बिदाई गरिएको छ ।

स्वदेश फर्कने सदस्यहरुमा धनकुटाका अशोककुमार याक्खा र नविन याक्खा भोजपुका प्रकाश राई पर्साका तेजबहादुर बम्जन खोटाङ्का नइन्द्रकुमार पुमा राई र प्रदिप पुमा राई साथै कँचनपुरका गणेश थापामगरलाई बिदाई कार्यक्रममा  बिदाइ गरिएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रम सँयोजक नुतन दनुवारले जसरी यो सँचय कोष समिति चलिरहेको छ त्यस्तै तरिकाले आगामी दिनहरु पनि सोही तरिकाले सँचालन हुने प्रतिबद्धता समेत गर्नुभयो । कार्यक्रम सँचालन समितिका महा सचिव प्रकाश ‘पुष्पक’ राईले गर्नु भएको थियो ।

No comments:

Post a Comment