गजल
मेरो मेरो भन्छौं हामी,के छ हाम्रो यहाँ!
बेकारमा आफन्तको,बनी चाम्रो यहाँ!
जस्तो आयो त्यस्तै जानु,पर्छ हामी भोली,
बांचुन्जेल छापहरू,छोडौं राम्रो यहाँ!
जन्म हाम्रो दरार मा,भएको थ्यो हीजो,
त्यसैलेत प्यारो लाग्छ,झुत्रा-झाम्रो यहाँ!
कोही हुन्न अजम्बरी,अटल टाकुराझैं,
मन्द मन्द नुहिनुछ जस्तै काम्रो यहाँ!
युवराज राई"अब्जसे"
उदयपुर
No comments:
Post a Comment