Saturday, 17 January 2015

मलेसियामा अग्रज साहित्यकारहरुको नजरमा चन्द्री

मलेसियामा अग्रज साहित्यकारहरुको नजरमा चन्द्री
(जे देखे त्यही लेखे केही टिप्पनीहरु)

साहित्य बिधामा कलम चालेर अगाडी बढेका लाखौ साहित्यनुरागीहरु छन् । साहित्यको जगतमा हरेक मन र मस्तिष्क सम्म पुग्नेकाम अहिले साहित्य बिधाले गरेको यर्थात सत्यनै छ भन्दा दुइ मत नहोला । तर पनि साहित्यको जगतमा अहिले हरेक तह र तप्काबाट गजलबिधा अगाडी सलसली कुद्यीरहेको पाउँछौ यो सत्य सावित रहेको छ । हरेक विधाबाट साहित्य क्षेत्रलाई अगाडी बढिरहेपनि अहिले साहित्यको माहलमा प्रवाशभूमीलाई उर्वराभूमीको रुपमा लिने गरिन्छ । नेपाल्ी यूवाशक्तिको प्रमुख रोजगारीको गन्तव्यको देश समुन्द्रपारीको देश भनेर चिनिने मलेसियामा त अहिले साहित्यको सुनामीनै आइरहेकोछ ।  लगभग ७ लाख नेपालीयूवाशक्तिले रोजगार गरेर प्रवाशी जीवन बिताइरहेको कथा अनी ब्याथा त मलेसियको प्रतिदिन तपाइ हामी विच हरेक माध्यमबाट सूचित भरहेको सर्वविदितै छ नी । आज त्यही सूचना सम्प्रेषण सँगै मलेसियामा रहेको साहित्यफाटको पनि अलिकति कलम अगाडी बढाइरहेको छु ।

अग्रज साहित्यकारहरुले गरेको नव गजलकार चन्द्री मोक्तान तामाङ् ‘खुशी’को टिका टिप्पनीलाई आज मैले जस्ताको तेस्तै प्रूतुत गर्ने जमर्को गर्दैछु । चन्द्री मोक्तान प्रवाशको भूमीमा रहेर पनि साहित्यको खेती गरेर नेपाली साहित्यको घरमा इट्टा थप्नगर्न अगाडी बढिरेको हामी पाएका छौ यसै सन्र्दभमा हामीले चन्द्रीको साहित्यिक रचनाहरु अनलाइन, बेतार रेडियो, एफएम, छापा माध्यमका पत्रपत्रिकाहरु, फेसबुक लाइकपेज, टयूटर, वेबसाइड तथा ब्लागसाइडहरुको माध्यमबाट हेरेका र देखेका पनि छौ त्यसैबाट हामीले नया पाटो सिक्ने मौका पाएका छौ ।

राष्ट्रिय खवर न्यूज एक्सप्रेस डटकमले लिएको अन्तरबार्तामा चन्द्रीले भनेको कुरा ‘साहित्य चौतारि हो र यो वलियो हतियार पनि हो भन्दछु । किनकी साहित्यले जीवनको हरेक थकानहरुलाई एउटा कलमको माध्यमबाट ओकालत गर्न सहयोग गर्ने हतियार हो । त्यही हतियार मार्फत सवको सामुन्नेमा अथवा चौतारीमा बिसाउन सजिलो हुन्छ ।’ त्यसैगरी साझा सवाल डटकममा पनि भनेकी छिन् ‘बाँच्नका लागि आथिक स्रोत हुनैपर्छ तर गजलकार हरुले गजललाई आर्थिक आर्जन गर्ने थलोको रुपमा लिनुहुन्न ’ । त्यसै गरि मलेसियाबाट प्रकाशित नेपाल पृष्ठभूमी साप्ताहकि गत जनवरि ३ तारिक २०१५ शनिवारका दिन पृष्ठ नम्बर ४ मा साहित्यकार तथा पत्रकार प्रदिप राईले लिनु भएको भलाकुसारीमा साहित्यको माहलमा भविष्यको बारेमा यसरि भन्नुभएको छ । ‘समय बलवान छ । आज म यहाँ छु भोलि कहाँ हुन्छु निश्चित छैन यसर्थ ५ वर्र्षपछी यो क्षेत्रमा म कुन अबस्थामा हुनेछु अहिले भन्नु सकिन्न तर समयको डौडानमा पछिको भविष्यको कुनै आशा छैन त्यही आशाको दीपमा समयको चक्रभित्र बन्दी भएको साहित्यको एउटा कुनामा लुकेर शायद साहित्यको सृजनामा निरन्तर रहेको पाउन सक्नुहुनेछ ।’ यही कुरालाई आत्मसाथ गरेर अगाडी बढिरहनु यही कामना छ ।

साहित्यको माहलमा १० वर्षबाट मलेसियामा रहेर साहित्यको अवलोकन गरिरहनु भएका अग्रज साहित्यकार दान राई ‘झरि’को चन्द्री मोक्तानका लागी टिप्पनी यस्तो रहेको छ । जस्ताको तैस्तै – ‘मलेसियाको सेरोफेरोमा रहेर साहित्य संसारको कुरा गर्नु पर्दा, साहित्यको विकास र बिस्तारमा मलेसिया निक्कै अग्रपंक्तिमा देख्छु म घरदेश देखि दुर परदेशहरुको दाँजोमा यहाँ थुप्रै सक्रिय साहित्यिक संस्थाहरु छन् जस्ले अनगिन्ती साहित्यकारहरुको जन्म दिई रहेका छन् हरेक संस्थाले आ–आफ्नो ठाउँबाट विभिन्न विधाका कृतिहरु प्रकाशन गरि रहेका छन् यी चाही भए खुशीका कुरा र उदाहरण दुखद कुरा चाही यहाँ यति धेरै साहित्यिक संस्थाहरु र साहित्यिक सर्जकहरु भएता पनि महीला दीदी बहिनीहरुको उपस्थिती पातलो देखिन्छन ०.१ प्रतिशत पनि भेट्न हम्मे–हम्मे पर्छ । लाग्छ व्यस्तताले हो कि संगत नभएर हो कि या त मार्ग निर्देशन र चेतनाको कमीले हो कि यो चाही उहाहरुलाई नै सोध्नु पर्छ । पछिल्लो समयमा आएर मलेसियाली साहित्यिक आकाशमा चन्द्री मोक्तान बहिनीलाई उदाएको देख्दैछु यो गर्व र खुशीको पक्ष हो । बधाई तथा शुभकामना दिन चाहान्छु र यस्तो आशा अपेक्षा राख्दछु कि मलेसियामा रहेर कलम चलाई रहनु भएका महीला दीदी बहिनीहरुलाई बन्द कोठा बाट बाहिर निस्की साहित्यको खुल्ला आकाशमा उदाउन उत्तप्रेरित गर्ने छिन एक नमुना बनेर ।’

त्यसैगरि दोलखा काटाकुटी सेरोफेरो ब्लग स्पोर्ट डट कममा गत जनवरी ५ तारिक २०१५ मलेसियाको रातको २१ वजेर १५ मिनेटमा दिल कुमार तमाङ् जी ले गर्नु भएको टिप्पनी जस्ताको तेस्तै । – ‘पौष २१ गते मलेशिया, नेपाली साहित्यिक फाटमा रहेर केही बर्र्ष देखि साहित्य तथा गजल बिधामा कलम चलाई रहनु भएका सिन्धुपाल्चोक अत्तरपुर ५ मा पिता कान्छा तमाङ र माता कृष्ण कुमारी को कोख बाट बिक्रम सम्बत २०४९ सालमा जन्मनु भएका नव साहित्यकार तथा गजलकार चन्द्री मोक्तान तमाङ ”खुसि” सग प्रदिप राई ले गर्नु भएको भलाकुसरी तपाईं हरु माझ । चन्द्री मोक्तानको लेखाई कलममा उत्तोरत्तर प्रगतीको शुभकामना सँगै ..... ।’

बिगत लामो समयबाट मलेसियामा रहेर पत्रकारिता र साहित्य क्षेत्रमा लागिरहनु भएका साथै नियाली रहनु भएका आदरणिय अग्रज पत्रकार तथा नेपाल पृष्ठभूमीका सम्पादन मण्दलका देबेन्द्र खापुङ ‘सुर्केली’ ज्यूले उहाँको आफ्नो अनुहारको पुस्तिकाको भिक्तामा (फेसबुक वालमा) गत जनवरि १० तारिक २०१५ बेलुकाको मलेसियाको समय १४ बजेर २८ मिनेटमा गर्नुभएको टिप्पनी जस्ताको तेस्तै– ‘प्रवासी कलम मलेसियाको सामुन्द्रिक छल्का (संयुक्त गजल सङ्ग्रह) भोली विमोचन हुँदैछ । मैले यससँग सम्बन्धित अध्यक्ष तथा सम्पादकको अनुमति लिएर पुस्तकलाई अध्ययन गरिरहेको छु । विमोचन अगावै त पुस्तकबारे केही नभनौं, तर मलेसियामा रहेका नेपाली नारी सर्जकबारे भने बोल्न मन लाग्यो । यस सङ्ग्रहमा मलेसियामा कार्यरत रहेकी चन्द्री मोक्तान लेखकको रुपमा प्रस्तुत भएकी छिन् । उनीसहित संयुक्त पुस्तक लेखिकाको संख्यामा तीन भएको अनुमान गरेको छु । अनेसास मलेसियाबाट प्रकाशित पहिलो सामूहिक गजल सङ्ग्रह ‘विम्ब’मा अनिता वाग्ले लेखिकाको रुपमा थिइन् । त्यसैगरी उदाउँदो तारा साहित्य समाज पेनाङ्बाट प्रकाशित ‘सिर्जनाका स्वरहरु’मा रिना बोम्जन तामाङ् लेखिकाको रुपमा छिन् । अब खाँचो एकल पुस्तकको देखेको छु । नेपालमा सन्चारकर्मीसमेत रहेकी रिनाले नेपाल छदै दुई पुस्तक प्रकाशन गरेकी छिन् । अनिता, चन्द्री तथा रिनाको कलम अझै तिखारियोस् भन्ने कामनासहित मलेसियाको पहिलो साहित्य संगालो मितेरीलाई सम्पादनको अभिभारा लिने पुष्पा राई सवाल, आजकल गजल तथा मुक्तकमा जमिरहने निसा लामालाई व्यत्तिगत रुपमा पुस्तक निकालेर ऐतिहासिकता कायम गर्न अनुरोध गरिरहेको छु । यतिका ठूलो संख्यामा रहेका नारीहरुले सिर्जनशील पनि बनेर चिनाउँन पाइयोस् ।’

त्यसैगरी मलेसियाको सवै भन्दा पुरानो साहित्यिक संस्था अनाम मण्डलीका अध्यक्ष आदरणिय साहित्यका अग्रज दाजु राज अविरल यात्रीको टिप्पनी –  चन्द्री बहिनीले अस्ती जनवरी ११ तारिक २०१५ केलाङ्मा भएको सामुन्द्रिक छल्का को  बिमोचन पछि फेशबुकमा रिक्वेष्ट पठाउनु भएछ र उहाँ सँग बिमोचन कार्यक्रमको बारेमा गफ पनि भयो । उहाँले सामुन्द्रिक छल्का टिममा रहनु हुने साथीहरुको  नाम लिनु भयो र लेख्ने प्रेरणा मिलेको भन्नु भयो र मैले पनि मलेशिया बाट गजलमा कलम चलाउने नारी स्रष्टा उहाँमात्रै देखें यति बेला । चन्द्री बहिनीलाई निरन्तर लेखी रहनु हुन मेरो सुझाब छ ।

अहिल मात्र भरखर मलेसियामा स्थापित साहित्य संस्था ‘प्रवाशी कलम मलेसिया’ छोटो समयमा छिट्टै अगाडी बढिरहेको बिलकुलै नव सस्था हो हालै मात्र ‘सामुन्द्रिक छल्का’ नामक १०६ जना गजलकारहरुको ५१८ वटा गजल भएको पुस्तकको प्रकाशन गराइसकेको छ र पुन अर्को १४ अञ्चल ७५ जिल्लाका सर्जकलाई समेटेर अर्को मुक्तक सङ्ग्रह निकाल्ने तयारी रहेको संस्थाका अध्यक्ष दिपेन्द्र अश्रुमाली बताउँछन् यसै सन्दर्भमा अध्यक्ष दिपेन्द्रको टिप्पनी जस्ताको तेस्तै – ‘पुरुषहरु भन्दा हामी के कम हामिले पनि पुरुषहरु सरह काम गरेर आफ्नो परिवार पाल्न सक्छौं, भनेर आट, सहास, आत्माबिस्वास, बोकेर बिदेसिनु भएको हाम्रो छोरी चेलिहरुलाई नेपाली समाजले अहिले पनि नराम्रो दृष्ट्रीले हेर्ने गरेको छ । हुन त हजारौ राम्रोलाई एक नराम्रोले चिन्छ भनिन्छ । सायद त्यही भएर पनि होला बिदेसिनु भएको लाखौ छोरी चेलिहरुको बिचमा कसैले कहि कतै  पैसानै सबै थोक भनेको कारणले प्रवासमा हुनु भएको सबै छोरी चेलिहरु अहिले पनि घृणाको सिकार हुन पुग्नु भएको छ । यहि कुरालाई मध्यनजर लगाएर प्रवासमा यानिकी मलेसियामा आएर आफ्नो परिश्रमको कमाई खादै आफूले सोचेको कुरा पूरा गर्ने उददेश्यलाई आत्मा साथ गर्दै आफ्नो कलमको सहायताले प्रवासमा बसेर पनि नेपाली समाजको त्यो घृणित बानिलाइ निर्मूल पार्ने अभियानमा लाग्नु भएकी एक अत्यन्तै  सृजनाको धनी चन्द्री मुक्तान ”खुसी” हुनुहुन्छ उहाको बारेमा थोरै लेख्न चाहन्छु । हुन त प्रवासमा बसेर कलम चलाउने नेपाली महिलामा मलेसियाको हकमा सायद उहाँनै हुनुहुन्छ पहिलो किन कि मैले पनि मलेसियाको सहित्यलाई राम्ररी नियाली रहेकोछु । त्यसैले पनि मैले उहालाई नै पहिलो स्थानमा र उहाको बारेमा लेखेको हुँ, उहाँको त्यो लगनशिलता अरुभन्दा पृथकहुने बानी धेरै राम्रो छ र जहाँ सम्म लाग्छ उहाँ प्रवासी छोरी चेलीको लागि मात्र हैन प्रवासी आम नेपालिको नमुना हुनु हुन्छ । उहाले विशेक्ष गजलमा कलम चलाउनु हुन्छ म उहाको गजलको फ्यान पनि हुँ त्यसैले उहाको बारेम थोरै लेख्न बाध्य भए र आगामी दिनहरुमा पनि यसरी नै लेख्दै जानुस हजुरको कलम कहिल्यै नरोकियोस कामना भन्दै बिदा हुन्छु ।

हुन त सहित्यको फाटमा बिलकुलै नया आयाम बोकेर अगाडी बढिरहेको कलिलो उमेरमा नै सफलतको सिढी उक्कलन अग्रसर रहेकी चन्द्री मोक्तान तामाङ्लाई साहित्यिक सलाम टक्राउन चाहन्छौ किनकी प्रवाशको बसाइ भएपनि समयको सदुपयोग गरेर प्रवाशी नेपाली चेलीहरुको शिर उचाल्न अगाडी बढिरहनु भएको छ एउटा उदाहरण बनेर चन्द्री मात्र होइन आम नेपाली चेलीको नाम लिएकोछ । चन्द्रीले लेखेका हरेक साहित्यिक लेखहरु देशप्रेम र राष्ट्रप्रेममा बाधिएर लेखिएको पाइन्छ तर विशेस गरी लेकाली डटकम, मेरोजिल्ला डटनेट तथा सगरमाथा अनलाइनमा प्रकाशन भएका अधिकाङ्श साहित्यिक रचनाहरु प्रवाशको पिडा र राष्ट्रीय प्रेममा बाधिएर लेखिएको पाइएको अग्रज साहित्यकारहरुको भनाई छ । हालसालै मात्र प्रकाशित गजल सङ्ग्रह ‘सामुन्द्रिक छल्का’ पुस्तक सर्जक नम्बर ३५ पृष्ठ नम्वर १०३ पेजमा रहेको चन्द्री मोक्तानको गजल जस्ताको तेस्तै –

नेपाली चेली तिमि मुग्लान कहिल्यै नआउँनु ।
दुःख सुख एक गाँस खानु परदेश नधाउँनु ।।

मानब जीवन अस्थाई चोला बर्बाद पार्नुहुन्न ।
कदर हुन्न मायाको जहाँ  पिरती नलाउँनु ।।

समुद्र पारी जहाँ तिम्रो इज्जत कसैले गर्दैन ।
न्याउली सँगै बिराही भाका कदापी नगाउँनु ।।

मिहेनत परिश्रम ग¥यो भने आफ्नो माटोमा ।
उतै फल्नेछ सुन यूवा..... . प्रवास नछाउँनु ।।

उक्त गजलबाट समग्र रुपमा प्रवाशको कथा अनी व्याथामा समेटेर के गर्नु हुन्छ के गर्नु हुन्न भन्ने बारेमा सन्देश दिएकी छिन् । साहित्यका अग्रज गुरुज्यूहरुको धेरै टिप्पनीहरु राख्न सकिन बेतार रेडियो अरपन १०४ थोप्लो ५ मेगाहर्जमा नियमित मेरो रचना कार्यक्रममा चन्द्री मोक्तानको साहित्यिक रचनाहरु देश र विदेशबाट एकैचोटी प्रसारण हुनेकुरा कार्यक्रम सचालक आरजे दिपेन्द्र लामाले आफ्नो फेसबुक वालमार्फत जानकारी गराउनु भएको छ साथै साहित्यिक यात्रामा सफलताको कामना सन्देश पनि आजकै दिन १७ जनवरी २०१५ मलेसियाको १८ बजेर ४० मिनेटमा प्रेषित गर्नुभएको छ । हामी धेरै दुखी छौ किनकी साहित्यिक कलमकोलागी राज्यले बिलकुलै वास्ता गरेको छैन कलम भाचिएर जान्छ हराउँछ पुन नया किन्ने उपदेश कतैबाट पाइएको छैन चन्द्री जस्तै कलमी आवाज बुलन्द गर्ने लाखौ छन् सर्जकहरु तर खोई कहा छन् ?? कला र साहित्य राज्यको गहना हो भनेर बिगुल फूकेर भाषण गर्नेहरुको भाषण मात्र छ । अन्य टिप्पनी अग्रज स्रष्टाहरुले पक्कै गर्नुनै हुनेछ पुन आशा गरेको छु । चन्द्रीको लेखाइ कलमको मसि रक्तिने छैन भन्दछौ आगामी दिनहरुमा चन्द्री जस्तै अरुपनि धरै सर्जकहरुको मसी नसकोस् निरन्तरताको कामना । व्याक्ति भन्दा पनि हामीले साहित्यिक लेखको टिप्पनी गर्नुपर्छ जहा सम्रगरुपमा सम्पूर्ण समेटिएको हुन्छ । रचना अमर हुन्छ बाचिरहन्छ लेखिएको शव्द बोलिरहन्छ लेख्ने व्याक्ति नबोलेपनि .... । शुभ साहित्य । साहित्यिक सलाम ।।

–प्रकाश ‘पुष्पक’ राई (अध्यक्ष)
मञ्जरी प्रकाशन नेपाल
हाल, क्वालालम्पूर मलेसिया

No comments:

Post a Comment