Saturday, 17 January 2015

गजल - राज अबिरल यात्री

गजल
राज अबिरल यात्री
बा आमा गर्नु हुन्छ पीर ,म के गरुँ ?
परदेशिनु रहेछ तक्दिर , म के गरुँ ?

हरदिन आँखामा राख्छु त भन्छौ नि
भाग्यमा छ यस्तै जागिर, म के गरुँ ?

विकाश बोकेर कारमा आउँछु भन्छौ
महाशय!बाटो भरि छ भीर ,म के गरुँ ?

सरकार बाढी बाट जोगिनू भन्छ
आँगनमै छ नदिको तीर,म के गरुँ ।

तिमीले त च्यातेर फाली सक्यौ रे
म सँगको तिम्रो तश्बिर, म के गरुँ ?

बिर्तामोड झापा
अचेल मलेशिया ।

No comments:

Post a Comment