Saturday, 17 January 2015

बाँच्नु छ मैले यसरी देखाउन दुनियाँलाई !



बाँच्नु छ मैले यसरी देखाउन दुनियाँलाई !
हिलोमा कमल झैगरी देखाउन दुनियाँलाई!!

आलु खाएर पेंडाका धाक नलगाउ यार तिमी!
अँह भेटिन्न स्वर्ग नमरी देखाउन दुनियाँलाई!!

उसले देश छोड्नु को पनी कारण हुन सक्छ !
त्यसै कहाँ गर्थ्यो चाकरी देखाउन दुनियाँलाई!!

आउनेछु प्रिया केही खुसीहरू बोकेर साथमा !
नझार ती आँसु धर धरी देखाउन दुनियाँलाई !!

ति अबलाको चित्कार आखिर सुनेन कसैले !
रोइछिन ब्यर्थै ति बिचरी देखाउन दुनियाँलाई!!

सिद्धान्त आखिर एउटै छ सबै पार्टी र नेताको!
कुरा गर्छन् तर थरीथरी देखाउन दुनियाँलाई !!

भ्रष्टाचार हटाउन लाई स्वाभिमान बचाउन लाई!
पक्कै अब लड्नेछ 'हरी' देखाउन दुनियाँलाई!!

हरीहर कँडेल

No comments:

Post a Comment