पुमा राजेश ‘क्रेडिट लाइफ’ लिएर आउँने
– प्रकाश ‘पुष्पक’ राई
मानव जातीको प्रमुख मनोरन्जनको स्रोत नै गीत संगीत हो । यो कुरा गर्नु बितिकै हामी मानवजातीलाई अर्कै अनुभवको अनुभुती हुन्छ । गीत संगीतमा रमेरनै यो पृथ्वीमा रहने हामी मानवजाती आपसमा रमेकाछौ
शताब्दीको संघारमा गीत संगीतको ठूलो भूमीका र पहुच रहेको पाइन्छ । गीत संगीतको परिभाष गर्ने कुनै शब्दकोषमा शब्दनै पाइन्दैन । शब्दको छनौटसंगै यही गीत संगीतको दुनियामा नव गायक राजेश पुमा ‘क्रेडिट लाइफ’ लिएर आउने भएका छन् ।
यो दुनियको गीत संगीतको सागरमा चुरर्लुम डुबेरडुबुल्की खेल्दै पौडेर जीवन तर्ने जमर्को गदैछन नव गायक राजेश राई पुमा । नेपाली गीत संगीत क्षेत्रमा नव गायक राजेश राई पुमाको बारेमा केही लेख्न मन लाग्यो । समय निष्ठूरी अनी बलवान छ तर यस्को महत्व बढी छ तर पनि अध्यानलाई निरन्तर दिदै गीत संगीतको दुनियामा पाइला चालेका पुमा दिप्लुङ् – ९ खोटाङ्मा बि.स. २०५२ साल जेठमा नइन्द्रबहादर र कोपीला राईको कोखबाट जन्मीका पुमा आज अध्यान संगै रहेर गीत संगीतको दुनियामा निकै अगाडी अग्रसर रहेको पाइएको छ । बिगत ३ बर्र्षदेखी विभिन्न प्रतिस्र्पर्धात्मक कार्यक्रमबाट संगीत क्षेत्रमा क्रियाशिल रहेर यलम्बर संगीत प्रतियोगीता २०७० को टपटेन फाइनलिस्ट सम्म पुगेका पुमा राई कुनै नौलो नाम होइन ।
सानै उमेरमा ठूलो उपलब्धी हातपार्न सफल पुमा सानैदेखी गीत अथवा गायनमा रुचि राख्ने गर्दथे । पुमा हाल सम्म बिभिन्न अडिसन तथा कलेज आइडल रेडियो कान्तीपुर सिङ्गीङ कम्पिटिसन हरुमा भाग लिइर अवार्ड समेत पाइसकेकाछन् भने खोटाङ् आइडलमा समेतभाग लिएका पुमाको यो पहिलो यात्रामा ‘क्रेडिट लाइफ’ स्रोता सामु उधारोमा दिन चाहेका छन् ।
आफ्नै संगीत समेत रहेको पुमा राईका ‘क्रेडिट लाइफ’मा संगीतकार सुमन राई र सागर संसारले संगीत भरेकाछन् । लेखी सके तिम्रो नाम...... तथा आज मौशम....... जस्ता शव्दहरु रहेका ‘क्रेडिट लाइफ’मा चुगेन्द्र ताम्ली, रमेश बानिया, प्रतिक सङ्ग्रमी तथा रुपेन पुनको शब्द रहेको छ । ओपेरा डिजीटल रेकरडिङ् स्टुडीयो ललीतपुरबाट रेकडिङ् भइरहेको यो ‘क्रेडिट लाइफ’ मा पुमा राई सङ्र्घष गरिरहेको बताउँछन् । पुमा राइ भन्छन् ‘समाजलाई परिवर्तन गर्न सक्ने एउटा पाटो हो गीत संगीत, समाजलाई असल मार्गनिर्देशन गर्ने पाटोहो गीत संगीत ।’ गीत संगीतलाई मायागरेर अगाडी बढ्ने लक्ष्य र उद्देश्य रहेको पुमा राईका सफलताको कामना ब्याक्त गर्दछौ । जय गीत संगीत ।
क्वालालम्पूर, मलेसिया
No comments:
Post a Comment