Sunday, 25 January 2015

गजल

गजल 

- धर्मेन्द्र तिम्सिना "क्षितिज"

कहिलेसम्म हो तनावमा बस्नुपर्ने
अनि जिन्दगी अभावमा बस्नुपर्ने

मुटु च्याएतिएर सधैं दुखिरहेपछी
बिर्सनलाई पीडा सराबमा बस्नुपर्ने

त्यो भीडमा नचाहेरै पनि दौडँदै
उर्लदो खहरेको बहावमा बस्नुपर्ने

नपुगेर जिन्दगी धितो राख्नुपरेपछी
ब्याजै ब्याजको हिसाबमा बस्नुपर्ने

बिना गल्ती दोष मात्र लगाएपछी
आफ्नैसँग पनि मनमुटावमा बस्नुपर्ने

अमेरिका

No comments:

Post a Comment