Sunday, 1 February 2015

मलेसियामा मुग्लानी तामाङ् ब्रिखेन गेताङ् (प्रवाशी तामाङ् साहित्यिक समिति) गठन

मलेसियामा मुग्लानी तामाङ् ब्रिखेन गेताङ् (प्रवाशी तामाङ् साहित्यिक समिति) गठन
– चन्द्रि मोक्तान
मलेसिया । प्रवाशि साहित्यको घरमा अर्को इट्टा थप्न मलेसियामा मुग्लानी तामाङ् ब्रिखेन गेताङ् गठन गरिएको छ ।
पहिलो पटक मलेसियामा मुग्लानी तामाङ् ब्रिखेन गेताङ् (प्रवाशी तामाङ् साहित्यिक समिति) गत जनवरी २९ तारिक २०१५ मा वाङ्जु वाइवाको अध्यक्षतामा गठन गरिएको छ । साहित्य मानब जीवनको अमुल्य गहना हो । साहित्य बिना मानब तथा हाम्रो सिंगो समाज अपूर्ण रहनेछ तथा समसामयिक परिबेशमा साहित्यले सिङ्गो राष्ट्र र यूवहरुमा एक किसिमको उथलपुथल मच्चाउँदै गरेको सर्बबिदितै छ । यसै बिबिध भाषा साहित्यलाई उत्थान गर्ने उद्देश्यले अध्यक्ष वाङ्जु वाइवा को अध्यक्षतामा उपाध्यक्ष बृगबहादुर तामाङ्, कोषाध्यक्ष चन्द्रि मोक्तान ‘खुशी’, सचिब जम्भु ग्यबाक बैरागी लामा, सहसचिव दिपेश लामा, र सदस्यहरुमा क्रमश उमेश तामाङ, भक्त लामा, बुद्दन लामा, समिर लामा, याम दास घायल, बाबु अनिल तामाङ्, बबिता मोक्तान छन्भने सल्लाहाकार समितिमा दिर्गा तामाङ् रहेकाछन् ।
अध्यक्ष वाइवाका भनाइ अनुसार हाम्रो नेपाल बिबिध भाषा, धर्म र जातजातीले ओगटिएर बनेको सुसज्जित देश हो । जस अन्तर्गतमा हामी तामाङ् भाषाको साहित्यलाई मलजल गर्ने अभियानमा बिल्कुल फरक ढंगको एक तामाङ् भाषाको सामुहिक गजल सङ्ग्रह ‘मुग्लानी दोखाङ्’ (प्रवासी गन्तव्य) को पूर्वतयरी पनि रहेको बताउनु भएको छ ।

No comments:

Post a Comment