Sunday, 1 February 2015

तिर्सनाले तस्वीर हेरी तिम्रोमाया रोजेकोछु आजभोली ।

गजल
– बेदना रोदुङ् बेवारिसे
तिर्सनाले तस्वीर हेरी तिम्रोमाया रोजेकोछु आजभोली ।
कल्पनाको छहारीमा छायावनी खोजेकोछु आजभोली ।।

सपना र विपना छुट्टाउनै नसक्ने अच्चम छ मलाई ।
टोलाएर भौतारिन्दै मनले मनलाई सोधेकोछु आजभोली ।।

यादको पीडा यादलाई सोध्छु किन हुन्छ यस्तो मलाई ।
ममताको चौतारीमा छिट्टै भेट्ने सोचेकोछु आजभोली ।।

के–के हुन्छ कहाँ दुख्छ थाहै हुन्न के भएकोछ मलाई ।
तिम्रो हृदयको पानाभरी ‘बेदना’ पोखेकोछु आजभोली ।।

–चिप्रीङ् ८ खोटाङ्
हाल मलेसिया

No comments:

Post a Comment