गजल
पुग्ने भए मेरो बोली हजार सालको आशिस दिन्थें
बनाउन मेरो देशलाई बुद्ध जस्तै मानिस दिन्थें
मैले मर्दा संसारभरी शान्तिको दियो बल्ने भए
खन्याएर पेट्रोल मलाई जलाउन मचिस दिन्थें
मान्छेहरु दिनानुदिन स्वार्थी बन्न थालेकाले
सबैलाई सद्भाव अनि प्रेम बाँड्ने रिस दिन्थें
संसारलाई दुख दिने सबै मान्छे चिन्ने भए
सखाप पार्न दुष्टलाई छानी छानी विष दिन्थें
धर्मेन्द्र तिम्सिना "क्षितिज"
अमेरिका
No comments:
Post a Comment