Friday, 27 February 2015

जितेन राईकाे बिनायाे मलेसिया र सिङ्गापुरमा प्रदशन

जितेन राईकाे  "बिनायो" मलेसिया र सिङ्गापुरमा प्रदशनकाे तयारि

प्रकाश 'पुष्पक' राई
(फागुन १५ मञ्जरी) क्वालालम्पूर मलेसिया । राेशन राईकाे निर्देशन तथा जितेन राईकाे निर्माणमा रहेकाे नेपालि कथानाक चलचित्र बिनायाेकाे मलेसिया र सिङ्गापुरमा प्रदशनकाे तयारि अन्तिम चरणमा पुगेकाे छ ।

निर्माता र निर्देशक सहितकाे टाेली मलेसिया र सिङ्गापुर आएर पहिला मलेसियाकाे राजधानि क्वालालम्पुर लगायत मलेसियाकाे मुख्य राज्य र शहरहरु जाेहाेर, ईपाे पेराक, रावाङ् लगायत अन्य ठाउहरुमा  किरात राई यायाेक्खा संस्थागत बिकास  सहयाेगार्थ विशेष प्रदशनिका लागी किरात राई यायाेक्खा शाखा मलेसियाले प्रदशनहुने  जनाएकाे छ ।  मलेसियाकाे राजधानि क्वालालम्पुरमा यहि आगामि मार्च १ र २ तारिक जाेहाेर राज्यमा मार्च ८ र ९ साथै इपाे पेराकमा मार्च १५ र १६ तारिक र रावाङ्मा मार्च २२ तारिक प्रदशन हुने लगतै साे टाेलि सिङ्गापुर प्रसथान गर्ने  किरात राई यायाेक्खा शाखा मलेसियाका अध्यक्ष ईन्द्र नारथुङेले बताउनु भएकाे छ ।

कथानाक चलचित्र बिनायो  हेर्नुको उद्देश्य मनोरञ्जन लिनुमात्र होइन ऐतिहासिक जाती सभ्यता, संस्कृती, रिती-रिवाज, रहन-सहन, मनोविज्ञान र इतिहासको मनोरञ्जनपूर्ण तरिकाले जानकारी पाउनु पनि रहेकाे साथै ऐतिहासिक बिषयवस्तुको खोज-अनुसन्धान गरेर इतिहासलाई जिवन्त राख्न चाहने संस्कृतिकर्मीहरुलाई सहयोग गर्नु पनि हो भन्नेकुराकाे शन्देश रहेकाे अध्यक्ष नारथुङ्गे बताउनुहुन्छ ।

नेफ्टा अवार्ड २०१४ (हङकङ) बाट सम्मानित नेपाली कथानक चलचित्र "बिनायो" एउटा सिङ्गो किराती सभ्यतलाई समेटेर निर्माण गरिएकाे निर्माता जितेन राई बताउछन् । अझ लाेपहुदै गईरहेकाे किराति सभ्यता संस्कृतिलाइ उत्खनन र जिवित वनाएर सम्पूर्ण किरातिहरुले जान्ने अवसर प्राप्त गर्ने ठूलाे सहयाेगकाे याे चलचित्रबाट शिक्षा पाईने कुरामा दुई मत नभएकाे निर्देशक राेशन राई बताउछन् । 

नाईम फिल्मस् प्राेडक्सनकाे प्रस्तुतिमा राेशन राईकाे निर्देशन जितेन राईकाे निर्माण, सह निर्मततामा अधिबक्ता शान्तिदेबी राई र ईन्द्रकला राईकाे छ भने विनायाे चलचित्रकाे छायांकन र सम्पादनमा युवराज खत्रीकाे रहेकाे छ ।

No comments:

Post a Comment