प्रेम, तस्विर र चन्द्रा ।
अहिले साहित्यकाे माहलमा गजल लेख्नेहरुकाे धेरै भिडभाड छ । गजल लेखनकाे यात्रा केलाउँदा उर्दु, फारसि, हिन्दी हुँदै नेपाली गजलमय फाटमा चुर्लुम्म डुबुल्की मारेर भित्रीएकाे अग्रज साहित्यकार तथा गजलकारहरुकाे टीका टिप्पनीहरु भेटिन्छ र अहिले याे नेपाली साहित्य विधामा सलसलि कुदिरहेकाे पाईन्छ । मैले धेरैनै अग्रज गजलकारहरु तथा नव गजलकारहरुकाे गजलहरु संग रसपान गर्दै अाईरहेकाेछु । मलाइ पनि गजल अाैधी मन पर्छ तर लेख्न अलिक कलम बाङ्गिएर शाव्दसंग झगडा हुन्छ तर पनि सिकिरहेकाे छु ।
गजल संग्रहहरु तथा गजलहरु अध्यान गर्ने क्रममा आज गजलगाे चन्द्रा चाम्लिङकाे गजल सङ्ग्रह 'प्रेमकाे तस्विर' भित्र तस्विरमा अाँखा डुलाएपछि मलाई चन्द्राकाे प्रेमले लठ्ठै बनाएकाे कारण मलाई पनि केही लेख्न मन लाग्याे ।
गजल मलाई बहुत मनपर्ने साहित्यनुरागी भएकाेले मेराे पनि गजलगाे चन्द्रा चाम्लिङ संग फेसबुकमा चिनजान भएकाे हाे । प्रेमकाे तस्विर प्रकाशन हुन अगाडीनै बाहिर खाेल वा कभरकाे फाेटाे त सामाजिक सन्जाल फेसबुकहरुमा पहिलै हेरिसकेकाे थिए अनि मलाई अातुर थियाे याे प्रेमकाे तस्विर कस्ताे छ ? मलाई पढ्ने ठूलाे ईच्छा ।
प्रवासी कलम मलेसियाकाे प्रकाशनमा रहेकाे बृहत सामुहिक मुक्तक सङ्ग्रह काेलीकाे बिमाेचन जाेहाेर मलेसियामा भएकाे कार्यक्रममा साहित्यकार तथा गीतकार दिलिप राई सगर र साहित्यकार राज आङ्देम्वे सहयात्रीद्वयले उक्त कार्यक्रममा प्रेमकाे तस्विर चर्चा परिचर्चा संगै मैलेपनि याे तस्विरलाई प्राप्त गर्न सफल भएकाेथिए । ८० पृष्ठकाे याे प्रेमकाे तस्विरमा समावेश गजलहरु साच्चै सामाजिक यथार्तमा बहुमुखि काेणहरु दर्शाएकाे पाईन्छ । हरेक कुराकाे नियम सिमा रहन्छ त्यस्तै गजलकाे पनि नियमभित्र रहेरमात्र गजल लेखिन्छ गजल लेख्दा नियमभित्र रहेर लेख्नु पर्छ यदि नियम बाहिर लेखिएकाे गजल कहिलै गजल हुन सक्दैन ।
प्रेमकाे तस्विरमा रहेकाे सवै गजलहरु नियमबद्द तरिकाबाट लयमा लेखिएकाेछ । देशप्रेम, प्रकृति प्रेम, राष्ट्र प्रेममा बाधीएर देशकाे दयनिय स्थिती, स्वार्थी प्रवृती, प्रेमपिडा, विश्वासमा संकट, अादि भावहरु तस्विमा खिचिएकाे पाईएकाेछ । समाजमा रहेकाे कृयाकलापलाई नजिकबाट हेरिएकाे रुढिवादी, बिकृती तथा बिसंगतीकाे समेत दरिलाे प्रहार गर्नु गजलगाेकाे चन्द्राकाे ठूलाे चुनाैति रहेकाेछ ।
गजलमा काफियालाई गजलकाे अात्मा अथवा मुटु मानिन्छ । सवै गजलहरुमा मिसरा ए उला र मिसरा ए सानी काे तालमेल संगै तिनै तरिकाका काफियाहरु पुर्ण, अाँशीक, र एकाक्षरीय काफियाहरुकाे प्रयाेग पाईन्छ भने धेरैजसाे गजलहरुमा रदिफकाे प्रयाेग गरिएकाेछ ।
मातृभाषामा समेत लेखिएकाे गजलहरुले अझ पाठकलाई पढ्दा मनकाे खुल्दुली उत्पन्न गराउने साथै अन्त्यमा शव्दार्थ पाएपछि खुल्दुलिलाई समाधान समेत गरेकाे पाईन्छ पढ्दा पढ्दै अनत्यमा गजल सवाल जवाफले प्रेमिलाे प्रेममा तस्विर खिचेर दिमाखकाे हार्डडिक्स मेमाेरि पावरनै परिवर्तन गराईदिने गजलगाे चन्द्राकाे लेखन शैलिलाई सलाम गर्नै पर्दछ ।
शब्द छनाेट उत्कृष्ट छ तथा नेपाली साहित्यकाे घरमा याे प्रेमकाे तस्विर गजल सङ्ग्रह प्रकाशनमा अाएकाेछ बधाई तथा अागामि दिनहरुमा लेख्दै गरेकाे कलम तिखारिन्दै जाअाेस चन्द्रा चाम्लिङकाे पुन अर्काे कृति पढ्ने अाशा सहित लेखन यात्राकाे
(प्रकाश पुष्पक राई पुमा क्वालालम्पूरबाट)
No comments:
Post a Comment