'माटाेकाे मुन्धुम' विमाेचन हुने ।
क्वालालम्पूर । गजलगाे सन्ताेष मावुहाङ्काे गजल सङ्ग्रह 'माटाेकाे मुन्धुम' लाेकार्पण हुने भएकाेछ ।
वैदेशिक रोजगारीको शिलसीलामा मलेसियाकाे जाेहाेर राज्यमा कार्यरत वसन्तपुर ६ तेह्रथुमका मावुहाङकाे याे पहिलाे कृति हाे । नेपाली गजल साहित्यमा छुट्टै किसिमकाे गजली मसि मार्फत मावुहाङले शाव्दिक रङ् भरेका यस संग्रहका प्रकाशक हम्वे राई वताउछन् ।
नेपाली गजल साहित्य मार्फत आफ्नो मौलिक भाषा, मिथक र पहिचानलाई अर्थपूर्ण प्रयोग भएकाे यस "माटोको मुन्धुम" गजल कृति अागामी २७ सेप्टम्वर २०१५ आईतवारका दिन बृहत साहित्यिक कार्यक्रमका साथ मलेसियाकाे जाेहार राज्यकाे जेवि सेन्टर हल जाेहाेर मलेसियामा लाेकार्पण हुने भएकाे बिमाेचन अायाेजक प्रवासी नयन साहित्य समाज जाेहाेर मलेसियाले जानकारी दिएकाेछ ।
नेपाली गजल विधाद्वारा शव्दकाे मालाबाट माबुहाङले सामाजिक यथार्त चित्रणलाई छर्लङ्ग गरेर प्रष्टाएकाे सहर्ष जानकारी गराउदै यस लोकार्पण कार्यक्रमका साथसाथै विमर्श तथा स्रष्टा सम्मान कार्यक्रम समेत हुने भएको अायाेजक प्रवासी नयन साहित्य समाजका अध्यक्ष राज आङ्देम्वे 'सहयात्री' ले बताउनु भएकाेछ ।
(प्रकाश पुष्पक राई क्वालालम्पूर मलेसियाबाट)
No comments:
Post a Comment