Tuesday, 4 August 2015

काेसेलीकाे लाेकार्पण सम्पन्न ।।

मलेसियामा काेसेलीकाे लाेकार्पण 

प्रकाश पुष्पक राई
क्वालालम्पुर । प्रवासी कलम मलेशियाकाे प्रकाशनमा रहेकाे दाेस्राे बृहत संयुक्त मुक्तक संग्रह ‘काेसेली’ विमाेचन भएकाेछ । 

यहि गत ०२ तारिक अगष्ट २०१५ अाईतवारका दिन मलेसियाकाे जाेहाेरबारु स्थित पासिरगुराङ्मा रहेकाे चाैतारि हाेटेलकाे सभाहलमा बिमाेचन गरिएकाे हाे ।

काेसेलि विमाेचन कार्यक्रम संयाेजक  देव विरहीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रवासी नयन साहित्य समाज मलेसियाका अध्यक्ष राज अाङदेम्बे सहयात्री र विशेष अतिथिमा साहित्यकार दीलिप रार्इ सगर रहनु भएकाे थियाे ।

मलेशियाकाे नेपाली साहित्य लेखन क्षेत्रमा अग्रज मानिनु हुने साथै मलेसियाबाट प्रतिपादित नेपाली साहित्यकाे नव विधा ‘केस्रा’का प्रवक्ता समेत रहनु भएका साहित्यकार दीलिप रार्इ सगर, प्रवासी नयन साहित्य समाजका अध्यक्ष राज अाङदेम्बे सहयात्री र कार्यक्रम सभापति देव विरहिकाे बाहुलीबाट ‘काेसेली’ विमाेचन गरिएकाे हाे । 

देश तथा विदेशमा छरिएर रहेका नेपाल अधिराज्य ६१ जिल्लाका मुक्तककारहरुकाे संयुक्त संग्रहमा ३१६ जना सर्जकका १५८० मुक्तकहरू समेटिएकाे काेसेलीकाे कार्यक्रमका प्रमुख अतिथि अाङ्देम्वेले समीक्षा गर्नुभएकाे थियाे ।

प्रवासी कलम मलेशियाकाे अायाेजनामा सम्पन्न काेसेली विमाेचन कार्यक्रममा दुई दर्जन भन्दा बढी उपस्थित साहित्यिक सर्जकहरुले  सृजना वाचन समेत गरेका थिए भने नव गजलकार चन्द्रा चाम्लिङकाे गजल सङ्ग्रह प्रेमकाे तस्विरकाे बारेमा पनि चर्चा चलेकाे थियाे । 

विभिन्न संघ संस्था, बुद्दिजीवि लगायत व्यापारी संचारकर्मीहरुकाे बृहत उपस्थिति रहेकाे अतिथिहरुले शुभकामना मन्त्व्य दिएका थिए भने साहित्यकाे ईतिहासमा मलेसियाबाट ऐतिहासिक बृहत पुस्तक रहेकाे टिप्पनि समेत गरेका थिए । 

मलेसियामा रहेर नेपाली साहित्य क्षेत्रलाइ ठूलाे याेगदान दिएकाे भन्दै मनिस कुईकेल, चन्द्री माेक्तान, हम्वे राई, सन्ताेष माबुहाङ्, राज अाङ्देम्वे सहयात्री, दिलिप राई सगर, रवि अाश्र्य लिम्बू, नवीन पुर्वेली  र कपिल माैसमलाई प्रवाशी कलम मलेसियाकाे तर्फबाट सभापति देव विरहिले प्रशंसा पत्र समेत प्रदान गर्नु भएकाे थियाे ।

No comments:

Post a Comment