खाेटाङ्काे दिपेश पूर्वाअञ्चल आईडल टप चारमा ।
बागिना कला केन्द्र धरानले आयाेजना गरेकाे पूर्वाअञ्चल आईडलमा हजाराै प्रतिशपर्धीहरुलाई पछि पार्दै राजापानी ७ खाेटाङ्का दिपेशपायल राई टप ४ सम्मकाे यात्रा सुरक्षीत रहेकाे छ ।
विभिन्न भएका अडिसनहरुमा 'प्याराे खाेटाङ्, यहाँ देशकाे छ चिन्ता, देशले रगत मागे लगायतका गीतहरु गाएर निर्णयक मण्डलकाे मन जितेका हुन् । सानै उमेरबाटनै गीत संगीतकाे दुनियामा चासाे लिएर अगाडि बढेका राई अहिले विभिन्न ठाउहरुमा हुने अाैपचारिक कार्यक्रमहरुमा गीत गाउदै भाेट दिएर पूर्वाअञ्चल आईडलकाे बिजेता बनाउन अावह्वानमा हिडिरहेका छन् ।
कलिलै उमेरका १८ बर्षिय राई भन्छन् "पूर्वाअञ्चल अाईडलकाे टप ४ मा पुग्न सफल भएकाेछु बाकी यात्रा र स्थानका लागि तपाईं हजुरहरुकाे भाेटकाे आशा गरेकाे छु ।" ललितपुरकाे सातदाेवाताे स्थित सुम्निमा कल्चर एकेडेमीबाट शास्त्रीय संगीत सिकेका राईकाे राेजाईमा बढी अाधुनिक गीतहरु पर्छन । भक्तराज आचार्य, राजेशपायल राई, दिपक लिम्बू लगायतका गीतहरु गाउन रुचाउने दिपेश एक सफल गायक बनेर नेपाली संगीतीक आकाशमा उदाउने चाहना छ । बालापन देखिनै रेडियाे एफएमहरुमा बज्ने गीतहरु जस्ताकाे तेस्तै गाउन प्रयाश गरिरहन्थे । गायक बन्ने सपना पूरा गर्न भाेक, तिर्खा नभनी निरन्तर लागिरहे त्यहि लगावका कारण याे अाईडलकाे टप ४ मा पुगेकाे राई बताउछन् ।
दिपेशलाई भाेट दिनकाे लागि माेवायलकाे म्यासेज बक्समा गएर पिएससी टायप गरि स्पेश दिएर १४ टायप गरि ३२६४ मा म्यासेज पठाउने ब्यावस्था छ । गीत संगीतकाे दुनियामा उदाउन खाेज्ने दिपेश राईलाई हमि सवैकाे भाेटकाे अति अाश्यक्ता रहेकाे छ ।
(प्रकाश पुष्पक राई पुमा क्वालालम्पूर बाट)
No comments:
Post a Comment