(तोङ्बा कविता)
देशको खम्बाहरु
जुन हराउदै गर्दा
चम्काएर आफ्नै आत्मालाइ
दिलायौ झलमल्ल प्रकाश
र फुलायौ छाती गर्बले
सलाम !
कुलमान तामाङ आस्याङ ठाकुर
चम्काएर आफ्नै आत्मालाइ
दिलायौ झलमल्ल प्रकाश
र फुलायौ छाती गर्बले
सलाम !
कुलमान तामाङ आस्याङ ठाकुर
हिजो मात्रै मलेसियामा
चम्किएर फर्किएको ताराहरु
र
जापानको शिर झुकाएर
खुशी बाँड्न लम्किएको ए नौ जवान
लाख लाख सलाम
चम्किएर फर्किएको ताराहरु
र
जापानको शिर झुकाएर
खुशी बाँड्न लम्किएको ए नौ जवान
लाख लाख सलाम
भुल्नै हुन्न
महाबिर पुनको त्याग
सम्झिनै पर्छ बिध्या चापागाइहरु
तर
सराप्नै पर्छ हामीले
त्यो मिना खरेल र सुजाता कोइरालाहरु
महाबिर पुनको त्याग
सम्झिनै पर्छ बिध्या चापागाइहरु
तर
सराप्नै पर्छ हामीले
त्यो मिना खरेल र सुजाता कोइरालाहरु
अन्त्यमा
भ्रष्टचारी र दलालीहरुको
कुभलो चिताउदै
ती देशको खम्बाहरुलाइ लाख लाख सलाम
हामी उभिएको पक्ष
सदैब
तिमिहरुकै पक्षमा हुनेछ
भ्रष्टचारी र दलालीहरुको
कुभलो चिताउदै
ती देशको खम्बाहरुलाइ लाख लाख सलाम
हामी उभिएको पक्ष
सदैब
तिमिहरुकै पक्षमा हुनेछ
सलाम देशको खम्बाहरु
लाखौ लाख सलाम ।
लाखौ लाख सलाम ।
No comments:
Post a Comment