याद आउँछ शिर्षक कविताको एक अंश
निरंकुश राज्यसत्ताको ज्यादती सहन नसकेर
तानाशाही शासकको अत्याचार सहन नसकेर
आफ्नै पुर्वजको थलोमा बास माग्न आउँदा
आफ्नै जिजुबाजेको घरमा शरण लिन आउँदा
पारीको अन्जानलाई नागरिक बनाएर
पारीको बटुवालाइ नागरिकता दिएर
आफ्नो भाषा र भेष मिल्ने
रितिरिवाज परम्परा धर्म संस्कृती सबै मिल्ने
अनि नेपाली पन र नेपाली मन भएको
नेपाली पहिचान र अस्तित्व भएको
आफ्नै भाइलाई
आफ्नै दाजुलाई
आफ्नै चेलीलाई
अनि आफ्नै आमा र बाबालाई
नचिनेको झैं गरेर
आफ्ना होइनन् जस्तो गरेर
सस्तो भाउमा
सस्तो मुल्यमा
भाइले भाइ बेचेको याद आउँछ
भाइले भाइलाई डलरसँग साटेको याद आउँछ
तानाशाही शासकको अत्याचार सहन नसकेर
आफ्नै पुर्वजको थलोमा बास माग्न आउँदा
आफ्नै जिजुबाजेको घरमा शरण लिन आउँदा
पारीको अन्जानलाई नागरिक बनाएर
पारीको बटुवालाइ नागरिकता दिएर
आफ्नो भाषा र भेष मिल्ने
रितिरिवाज परम्परा धर्म संस्कृती सबै मिल्ने
अनि नेपाली पन र नेपाली मन भएको
नेपाली पहिचान र अस्तित्व भएको
आफ्नै भाइलाई
आफ्नै दाजुलाई
आफ्नै चेलीलाई
अनि आफ्नै आमा र बाबालाई
नचिनेको झैं गरेर
आफ्ना होइनन् जस्तो गरेर
सस्तो भाउमा
सस्तो मुल्यमा
भाइले भाइ बेचेको याद आउँछ
भाइले भाइलाई डलरसँग साटेको याद आउँछ
धर्मेन्द्र तिम्सिना क्षितिज
धर्मेन्द्र तिम्सिना "क्षितिज"
अमेरिका
अमेरिका
No comments:
Post a Comment