मृत्युसँग पनि
सौन्दर्यको आयामहरु हुदोरैछ
सौन्दर्यको आयामहरु हुदोरैछ
जस्तो की-
चुडिएपछि सयपत्री गलामा झुण्डिन्छ
चुडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ
चुडिएपछि सयपत्री गलामा झुण्डिन्छ
चुडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ
जस्तो की-
चुडिएपछि गुलाफ हत्केलामा अडिन्छ
चुडिएपछि गुलाफ हत्केलामा अडिन्छ
जस्तो
करोडौं घोचाईपछि ढुङ्गा बन्छ शिलालेख
लाखौ ठुँगाईपछि ढुङ्गा बन्छ शालिक
करोडौं घोचाईपछि ढुङ्गा बन्छ शिलालेख
लाखौ ठुँगाईपछि ढुङ्गा बन्छ शालिक
जस्तो-
हजारौं ठक्करपछि ढुङ्गा बन्छ शालीग्राम
हजारौं ठक्करपछि ढुङ्गा बन्छ शालीग्राम
बन्छ पैतालाहरुको निर्मम किचाइपछि -बाटो
बन्छ रङहरुको चिहानघारी -मोनालिसा
बन्छ निधारबाट पसिनाहरु लडेपछि -ग्रेटवाल
बन्छ रङहरुको चिहानघारी -मोनालिसा
बन्छ निधारबाट पसिनाहरु लडेपछि -ग्रेटवाल
बन्छ हावा फूलमा ठोक्किएपछि सुवास
बन्छ बादलले बिश्राम लिएपछि वर्षात
बन्छ रात मुर्दा भएपछि उज्यालो
बन्छ बादलले बिश्राम लिएपछि वर्षात
बन्छ रात मुर्दा भएपछि उज्यालो
जस्तो-
नदी बन्छ हिमालबाट निख्रिएपछि हिउँ
समथर फाँट बन्छ भत्किएपछि पहरा
नदी बन्छ हिमालबाट निख्रिएपछि हिउँ
समथर फाँट बन्छ भत्किएपछि पहरा
जस्तो-
बन्छ खुकुरी बेहालत पिटिएपछि फलाम
बन्छ खुकुरी बेहालत पिटिएपछि फलाम
मृत्युसँग पनि सौर्न्दर्यको आयामहरु हुदोरैछ
जस्तो की-
थलापर्छ एउटा बाउ लटरम्म फलाएपछि सुन्तला
मर्छे एउटी आमा जन्माएपछि नयाँ युग
थलापर्छ एउटा बाउ लटरम्म फलाएपछि सुन्तला
मर्छे एउटी आमा जन्माएपछि नयाँ युग
जस्तो की-
फेरिन्छ सिङ्गो इतिहासको स्वरुप
हल्लिएपछि चेतनाको धरातल ।
फेरिन्छ सिङ्गो इतिहासको स्वरुप
हल्लिएपछि चेतनाको धरातल ।
-नवीन प्यासी
No comments:
Post a Comment