"गजल"
- चन्द्री मोक्तन "खुशी"
तिम्रो छोरो सडेर आउँदैछु बाकासमा।
नरोऊ आमा मरेर आउँदैछु बाकासमा।।
दशै तिहार गाउँघरमा छाएको बेला।
दुखी कर्म अटेर आउँदैछु बाकासमा।।
छैन बाटो आउनु परदेशको शहर।
जीवन त्यागी बढेर आउँदैछु बाकासमा।।
सुख अनि खुशी फुलाउने बगन भरी।
आँशु रोदन रोपेर आउँदैछु बाकासमा।।
सिन्धुपाल्चोक
No comments:
Post a Comment