Tuesday, 17 February 2015

मलेसियामा लडाइ गरिरहेका सङ्गीतकार माइला मनीपाल

मलेसियामा लडाइ गरिरहेका सङ्गीतकार माइला मनीपाल

           – प्रकाश ‘पुष्पक’ राई
मानव जीवनको अवरोह र आरोहरुको डौडान अनी मैदानमा धेरै चौतारी र भञ्जयाङ्हरु पारगर्नु पर्नेहुन्छ । यही जीवनको यात्राको क्रममा चौतारीमा बसेर थकाइमार्ने अनी धेरै मनका कथाहरुलाई एककुनामा थाती राखेर पोख्नकोलागी एउटा कलमी आवाजको बुलन्द पस्कने क्रममा मेरो यो कलमको डौडानलाई आज एउटा नव गीतकार तथा संगीतकार मणिपाल राइको बारेमा केही लेख्न आतुर भएकोछ ।


संगीतको दुनियामा हामी मानवजातीको प्रमुख मनोरन्जनको स्रोत नै गीत र संगीत हो । यी दुवैको एक आपसमा बलियो सम्बन्ध रहेको पाइन्छ । गीत संगीतमा रमेरनै यो पृथ्वीमा रहने मानवजाती आपसमा जीवनका सुख दुखका पीडाहरुलाई भुलेकाछौ भन्दा दुइ मत नहोला । यो दुनियको गीत संगीतको सागरमा चुरर्लुम डुबेर डुबुल्की खेल्दै पौडेर जीवन तरिरहेका नव गीतकार तथा सङ्गीतकार मनीपाल राई । नेपाली संगीतक्षेत्रमा नव सङ्गीतकार राई कुनै नौलो नाम होइन । राईका बारेमा थोरै धेरै जती भएपनी संगीत क्षेत्रको महल बनाउन इट्टा थप्ने काम गरेको पाइन्छ ।

नव गीतकार तथा सङ्गीतका भोजपुर जील्ला जरायोटार ७ मा हर्कबहादुर राई र टंकमाया राईको कोखबाट बि.स. २०४६ साल बैशाकमा जन्मीएका माइला छोरा मनीपाल राई संगीतको दुनियामा निकै अगाडी अग्रसर रहेको पाइएको छ । नेपालको राजनितिक अवस्थाले पारेको असरहरु मध्यको १० वर्षे जनयुद्धको समयमा देशको विशम परिस्थीतीले लगभग १६ वर्षको कलिलै उमेरमा प्रवाशीएका राई बिगत १० बर्षदेखी मलेसियामा सङ्र्घषरत छन् । आफ्नै शव्द र संगीत रहेका गीतहरु लगायत अन्जु पन्थ, राजेशपायल, प्रमोद खरेल रजीना रिमाल तथा कला राई लगायत अन्य गायक गायिकाहरुको स्वरमा ३ दर्जन भन्दा बढी गीतहरुमा संगीत भरिसकेका राईले अहिले मलेसियादेखीनै ३ वटा एलबुमको गीतहरुमा संगीत भरिरहेकाछन् । रमेश बनानियाको शब्द र अमर राईको स्वरमा रहेको ‘एम्न्टरल’ एलबुममा मलेसियको अब्राम रेकरर्डिङ् स्टुडियो सेतिया जयामा रेकर्ड भइरहेकोछ भने यता राज राईको ‘राज’ एलबममा अन्जु पन्त र कला राईको स्वरमा रहेको गीतमा पनि संगीत भरिरहेको राई बताउछन् । संगीतकार सुमन राईको प्रेरणाबाट संगीतक्षेत्रमा अगाडी बढेका राई बताउछन् । सानै उमेरमा ठूलो उपलब्धी हातपार्न सफल राई सानैदेखी संगीत रुचि राख्ने गर्दथे ।

पहिलो पटक पासा बिवश श्रेष्ठको शब्द स्वरुप राज आचर्याको स्वरमा रहेको ‘तिमीले मलाई छाडीगए पनि.. ..’ भन्ने शब्दमा पहिलो राईले संगीत गरेका थिए । मलेसियामा रहुनजेल सम्म पनि यो यात्रा नछोड्ने संगीतको क्षेत्रलाई अगाडीनै बढाइरहने तथा अव नेपाल गएपछी संगीतलाईनै निरन्तरता दिने राई बताउछन् । संगीतलाई मायागरेर घरभित्र नै भित्राउने जोश र जागर बोकेर मलेसियामा सङ्र्घषरत गरिरहेका राईको लक्ष्य र उद्देश्य सफल रहोस् सफलताको कामना ब्याक्त गर्दछौ । जय गीत संगीत ।

– प्रकाश ‘पुष्पक’ राई
हाल, क्वालालम्पूर, मलेसिया

No comments:

Post a Comment