Friday, 13 February 2015

मलेसियामा प्रभु मनीका कर्मचारीबाट ९० लाख लुटियो

मलेसियामा प्रभु मनीका कर्मचारीबाट ९० लाख लुटियो

प्रदिप राई/ फ्रेवारी १२, क्वालालम्पुर मलेसियाको। मलेसियाको राजाधनी क्वालालाम्पुर स्थित (कोतराया)सहरमा आज १२ तारिक बिहीवार प्रभु मनी ट्रान्सफरका एक कर्मचारीबाट ३ लाख ३० हजार रिंगिट (९० लाख रुपैयाँ) लुटिएको छ ।

दिउँसो ३ बजे पैसा नेपाल पठाउनका लागि बैंकमा जम्मा गर्न जाने क्रममा प्रभु मनी ट्रान्सफरका कर्मचारी प्रमोद न्यौपानेलाई छुरी हानेर सो रकम लुटिएको हो ।
क्वालालाम्पुरको कोतारायामा भएको सो घटनामा रकम लुट्ने क्रममा लुटेराको छुरी प्रहारबाट घाइते न्यौपानेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
बैंकका सुरक्षागार्डकै अगाडि रकम बोकेको हातमा छुरी हानेर लुटेराले सो रकम लुटेका हुन् ।

No comments:

Post a Comment