किरात राई यायोक्खा मलेसिया शाखाको बैठक सम्पन्न
प्रकाश ‘पुष्पक’ राई
(फागुन २,मञ्जरी) क्वालालम्पूर मलेसिया । किरात राई यायोक्खा मलेसिया शाखाको बैठक फागुन १ गते शुक्रवार कादिन समितिका अध्यक्ष इन्द्र नारथुङेको अध्यक्षतामा सम्पन्न भएकोछ ।
अनलाइन मार्फत फागुन १ गते शुक्रवार (१३ फेब्रवरी २०१५) भएको उक्त छलफलमा समितिका सम्पूर्ण पदाधिकारीहरुको उपस्थितीमा बिभिन्न प्रस्तावहरु लाई पारित गरिएको छ । छलफल कार्यक्रममा किरात राई यायोक्खा मलेसिया शाखाको गठन हुँदा केही महत्वपूर्ण ब्यक्तिहरु समितिमा छुट्न गएको हुँदा समिति थपघटदेखि लिएर अन्य प्रस्तावहरु लाई समेत मध्य नजर गर्दैे बैठकमा समिति थपघट गर्ने क्रममा किरात राई पुमा तुप्खाबाङखाला मलेसियाका अध्यक्ष सुमन पुमा राईलाई कार्यसमितिको पदेन सदस्य र पत्रकार तथा साहित्यकार प्रदिप राईलाई सल्लाहकारमा मनोनयन गर्ने सर्वसम्मतीमा निर्णय पारित गरिएको थियो ।
यसैगरी छलफलको क्रममा गायक जितेन राई र शान्तीदेवी राई को निर्माणमा रोशन राईको निर्देशन रहेको किराती नेपाली कथानक चलचित्र ‘बिनायो’ प्रदर्शनी गर्नको निम्ति किरात राई यायोक्खा मलेसिया शाखाले संयोजनको भूमिका निर्वाह गरेर मलेसियाको बिभिन्न शहरहरु, ठाउँहरुमा प्रदर्शनी गर्नको लागी अन्य संस्थाहरुलाई आयोजकको जिम्मेवारी दिने निर्णयका साथै मलेसियको जोहोर राज्यमा प्रदर्शनीको आयोजक नेपाल आदिवासी जनजाती मलेसिया समन्वय जोहोर क्षेत्रीय समितिले गर्ने प्रस्तावलाई स्वीकृति दिने समेत निर्णय गरिएको थियो । उक्त चलचित्र बिनायो प्रदर्शनी रकम सम्बन्धमा छलफल गर्दा बिनायो चलचित्र प्रदर्शनीको लागि नेपालबाट आउन लाग्नु भएका निर्माता तथा गायक जितेन राई, निर्देशक रोशन राई र निर्मात्री शान्तीदेवी राई मध्यका दुईजनालाई आउने–जाने टिकटको स्पोन्सर यस समितिका सल्लाहकार बिश्व राई र उपाध्यक्ष बल राईबाट प्राप्त भएकोमा दुवै जनालाई धन्यबाद दिदै आउने जाने र मलेसियामा हुने खर्च बिनायो प्रर्दशनीमा प्राप्त भएको रकमबाट कटाएर बचत भएको अवस्थामा उक्त बचत रकम किरात राई यायोक्खा मलेसिया शाखाको संस्थागत विकासमा टेवा पुग्ने गरि बचतको केही हिस्सा राखी बाँकी हिस्सा चलचित्रका निर्माता निर्देशकलाई नै हस्तान्तरण गर्ने सर्वसहमतीमा निर्णय पारित गरिएको छ ।
त्यसै गरी छलफलको अन्त्यमा किरात राई अन्तराष्ट्रिय समितिको आयोजनामा यहि फेब्रअरी २२ र २३ तारिक भारतको सिलिगुडीमा दोस्रो अन्तराष्ट्रिय सम्मेलन सम्पन्न हुन गरहेकोहुदा उक्त सम्मेलनमा मलेसियाबाट एक जना महिला सहित ५ जना प्रतिनिधि पठाउनु पर्ने र सो सम्मेलन सम्पन्न गर्नको लागि लाग्ने खर्च ब्यवस्थापन गर्न मलेसिया शाखाको तर्फबाट नेपाली रुपैया २५ हजार दायित्व पठाउनु पर्ने अशयको पत्र किरात राई यायोक्खा केन्द्रीय समितिबाट आएको हुँदा सो सम्मेलन सहभागी हुन तोकिएको प्रतिनिधि पठाउन सम्भव नभए पनि यस समितिका सल्लाहकार बिश्व राई नेपाल जाँदै गर्नु भएको अवस्थालाई हृदयंगम गर्दै उहाँलाई सो सम्मेलनमा मलेसियाको आधिकारिक प्रतिनिधिको रुपमा प्रतिनिधित्व गर्न अनुरोध गर्दै नेपाली रुपैया २५ हजार दायित्व पठाउने र सो रकम कार्य समिती भित्रैबाट जम्मा गर्नुपर्ने भएको हुँदा तुरुन्तै कोषाध्यक्षको खातामा जम्मा गर्ने समेत प्रस्तावमा पारित गरिएको थियो ।
No comments:
Post a Comment