चलचित्र बिनायोकाे प्रदशनटाेलि मलेसियाकाे जाेहाेरबाट ईपाे पेराक प्रस्थान
प्रकाश पुष्पक राई
क्वालालम्पुर, मलेसिया (फागुन २७)। नेपालि कथानाक चलचित्र बिनायाेकाे प्रदशनटाेलि मलेसियाकाे राजधानि क्वालालम्पुर र जाेहाेर राज्यहरुमा भव्य प्रदशनपछि आज मलेसियाकाे ईपाे पेराक राज्य प्रस्थान गरेकाे छ ।
नेपालबाट चलचित्र बिनायाे प्रदशनकालागि आउनुभएका विनायाेका निर्माता जितेन राई, सह-निर्मात्री शान्ती राई र निर्देशक राेशन राई क्वालाल्पुर र पेनाङ् राज्यकाे विचमा पर्ने ईपाे पेराक राज्यमा प्रदशनका लागि आज (फागुन २७ गते )प्रस्थना गर्नु भएकाे छ ।
निर्माता, निर्देशक सहितकाे प्रदशनटाेली मलेसियामा गत १ तारिक मार्चबाट आगामि मार्च २२ तारिक सम्म मलेसियाकाे राजधानि क्वालालम्पुर लगायत मलेसियाकाे मुख्य राज्य र शहरहरु जाेहाेर, ईपाे पेराक, रावाङ् लगायत अन्य ठाउहरुमा किरात राई यायाेक्खा संस्थागत बिकास सहयाेगार्थ विशेष प्रदशन भईरहेकाे र अब मलेसियाकाे प्रमुख शहरहरुकाे हलहरुमा प्रदशन पछि लगतै प्रदशन टाेलि सिङ्गापुर प्रस्थान गर्ने किरात राई यायाेक्खा शाखा मलेसियाका अध्यक्ष ईन्द्र नारथुङेले बताउनु भएकाे छ ।
कथानाक चलचित्र बिनायो साच्चै मेराेकथा तपाईकाे कथा अनि हाम्राे कथा सवैकाे कथालाई समेटेर तयार पारिएकाे एेतिहासिक चलचित्र रहेकाे र याे चलचित्र हेर्नुको उद्देश्य मनोरञ्जन लिनुमात्र होइन ऐतिहासिक जाती सभ्यता, संस्कृती, रिती-रिवाज, रहन-सहन, मनोविज्ञान र इतिहासको मनोरञ्जनपूर्ण तरिकाले जानकारी पाउनु पनि रहेकाे साथै ऐतिहासिक बिषयवस्तुको खोज-अनुसन्धान गरेर इतिहासलाई जिवन्त राख्न चाहने संस्कृतिकर्मीहरुलाई सहयोग गर्नु पनि हो भन्नेकुराकाे शन्देश रहेकाे छ । लगभग ८ लाख प्रवाशि नेपालिहरुकाे बसाेवास रहेकाे मलेसियामा बिनायाे चलचित्र हेर्नकाेलागी हलहरुमा नेपाली दर्शकहरुकाे बाक्लाे भिड देखिएकाे छ ।
नेफ्टा अवार्ड २०१४ (हङकङ) बाट सम्मानित नेपाली कथानक चलचित्र बिनायो एउटा सिङ्गो किराती सभ्यतालाई समेटेर निर्माण गरिएकाे चलचित्र हाे । अझ लाेपहुदै गईरहेकाे किराति सभ्यता संस्कृतिलाइ उत्खनन र जिवित वनाएर सम्पूर्ण किरातिहरुले जान्ने अवसर प्राप्त गर्ने ठूलाे सहयाेग याे चलचित्र बिनायाेबाट शिक्षा दिएकाे छ ।
नाईम फिल्मस् प्राेडक्सनकाे प्रस्तुतिमा राेशन राईकाे निर्देशन जितेन राईकाे निर्माण, सह निर्मततामा अधिबक्ता शान्तिदेबी राई र ईन्द्रकला राईकाे छ भने विनायाे चलचित्रकाे छायांकन र सम्पादन युवराज खत्रिकाे रहेकाेछ ।
No comments:
Post a Comment