बलात्कार अभियुक्तको वयान : गल्ती भयो हजुर !
२८ फागुन , काठमाडौं ।
बारामा बलात्कारपछि बेहोस भएकी बालिकाको निधनले सिंगै देश स्तब्ध बनेको छ । पुरुषहरु किन यतिसम्म पासविक हुन्छन् भन्ने प्रश्न महिलाहरुले सडक, घर र चुलोचौकासम्म उठाइरहेका छन् ।
बारा घटनाका दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग
भइरहेको छ । यसैवीच बालिका बलात्कारको आरोपमा पक्राउ परेका बाराका २८ वर्षीय युवकले
नशाको सुरमा आफूले गल्ती गरेको वयान दिएका छन् । बलात्कारीको अभियोग लागेका युवकले सामान्य भाषामा ‘गल्ती भयो हजुर ’ भने पनि यो जघन्य घटनाका कारण बलात्कारको मनोविज्ञानमाथि समाजमा जबरजस्त बहस प्रारम्भ भएको छ । महिला अधिकारकर्मी एवं
अभियन्ताहरुले लम्बिँदो संक्रमणकाल र
दण्डहीनताका कारण बलात्कारीहरुको मनोबल
बढेको विश्लेषण गरेका छन् ।
कलैयामा गत फागुन ८ गते सात
वर्षीया वालिका बलात्कारमा परेकी हुन् ।
कलैया बजारमा आफ्नै
बुबाको पसलमा खेलिरहेकी उनलाई एक युवकले हात समातेर लगेका थिए । भोलिपल्ट फाुगन ९ गते उनी श्री ३ चन्द्र उच्चमावि नजिकै फोहोर फाल्ने ठाउँमा अचेत अवस्थामा भेटिएकी थिइन् ।
बलात्कृत बालिकाको उपचार वीरगञ्जमा हुन सकेन र उनलाई काठमाडौंस्थित कान्ति बाल अस्पतालमा ल्याइयो । तर, बेहोसीकै अवस्थामा उनले ज्यान गुमाइन् । उता प्रहरीले बलात्कारको अभियोगमा कलैयाकै २८ वर्षीय कन्हाइ गुप्तालाई पक्राउ गर्यो । प्रहरीले गुप्तालाई पक्राउ मात्रै गरेन, फागुन १२ गते पत्रकार सम्मेलन गरेर सार्वजनिकसमेत गरिसकेको छ ।
कालो ज्याकेट र लामो कपालमा देखिएका गुप्ताले
पत्रकारकै सामु आफूले गल्ती गरेको वयान
दिएका छन् । उनले नशाको सुरमा आफूबाट
गल्ती भएको बताएका छन् । घटना हुँदा गुप्ताले
रक्सी र गाँजा खाएको प्रहरीको भनाइ छ । अभियुक्त गुप्ताले अर्कै बालिकालाई उठाउन खोजेको तर, अनुकूल नभएपछि पसल छेउमा खेलिरहेकी बालिकालाई शिकार बनाएको प्रहरीलाई दिएको वयानबाट खुलेको छ ।
No comments:
Post a Comment