गजल
कलमका डोब हूँ म रेटिदैन कहिल्यै पनि ।
इतिहास बनि बस्छु मेटिदैन कहिल्यै पनि ।।
सारा सृष्टि कैद गर्ने अजम्बरी दृष्टि बिन्दु ।
किस्मत र भाग्य किन देखिदैन कहिल्यै पनि ।।
गलि जाने जिन्दगी यो दुईदिने अस्थाई चोला ।
ध्रुवसत्य हत्केलालेे छेकिदैन कहिल्यै पनि ।।
नुनपानी सुनखून डलरको भाऊमा बिक्दा ।
धर्म संस्कार परम्परा बेचिदैन कहिल्यै पनि ।।
- चन्द्री मोक्तान तामाङ "खुशी"
अत्तरपूर - पाँच, सिन्धुपाल्चोक।

No comments:
Post a Comment