Saturday, 2 July 2016

गजल

गजल
दिलमा छुरा चलाएर जानेसंग ।
मनमा कुरा लुकाएर जानेसंग ।।
मेरो कुनैपनि गुनासो हुने छैन ।
अाखिर मन टुटाएर जानेसंग ।।
वेकारमा उजेलीकाे अाश गरे ।
अध्याराेमै उदाएर जानेसंग ।।
सम्झना सम्मपनि गर्नेछैन अव ।
जिवनभरी रुवाएर जानेसंग ।।
जीवनमा हाेशियारी भएकाेछु ।
झुट्टाे कसम खाएर जानेसंग ।।
प्रकाश 'पुष्पक' राई (पुमा)

No comments:

Post a Comment