गजल
न त हार न जित भो,जिन्दगीको खेल कस्तो
बगाएन पिडा ब्यथा,आँसु धारा भेल कस्तो ।
बल्झिन्छ खै किन अतीत,याद बनी घरि घरि
जलाई मुटु बाँच्नु पर्ने,बिबशताको जेल कस्तो।
जीवन मरण हावाहुरि ,आँधि तुफान संगै
अनेकौ घुम्ति मोडहरु पार गर्ने रेल कस्तो।
जिन्दगीको यात्राहरुमा ,योद्दा बनी लडे तर
फलस्वरुप उपलब्धि ,संघर्षको फेल कस्तो।
अलग स्वरुप भए पनि,एकैपल साथ संगै
दुखि रहने मन मुटु ,कलेजिको मेल कस्तो।
चन्द्री मोक्तान तामाङ “खुशी”
काठमाण्डु,सुन्दरिजल
२०१६/0२/31।
No comments:
Post a Comment